२०८२, १६ चैत्र मंगलबार

उच्च मनोबलका साथ काम गर्नाेस, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिदैन: अर्थमन्त्री पौडेल

उच्च मनोबलका साथ काम गर्नाेस, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिदैन: अर्थमन्त्री पौडेल

नीजि क्षेत्रसँग नव नियुक्त अर्थमन्त्रीको प्रतिवद्धतापछि बढ्यो उत्साह


काठमाडौं, साउन २ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्ने गुनासोलाई सरकारले चाँडै सम्बोधन गर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो जानकारी गराउनु भएको हो ।

एफएनसीसीआईका पदाधिकारीलाई अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम गरेबापत सरकारबाट पाउनुपर्ने भुक्तानी अव नरोकिने बताउनु भयो ।  ’निमाण व्यवसायीले भुक्तानी पाएनन भन्ने जुन गुनासो छ, यो गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

यस्तै उद्योगी र नेपाल बिद्युत प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत महसुल बक्यौता विवाद विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राख्नुभएको भन्दै अर्थमन्त्री पौडेलले सो विवाद पनि कानुनअनुसार सुल्झाइने बताउनु भयो ।

’डेडिकेटेड र ट्रङ्कलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नु भएको छ । यो विषयलाई त्रास र आतङ्कका रुपमा नलिनुस । गैरकानुनी ढङ्गले सरकारले कुनै दायित्व सिर्जना गर्दैन’, निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले भन्नुभयो, ’यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सिर्जना गर्न खोजेको छ भने त्यो कोसिस सफल हुँदैन । यो समस्या समाधान गर्नका लागि केही समय लाग्यो । अब तपाईहरु डेलिगेसन आइरहनु पर्ने अवस्था रहँदैन ।’

उहाँले सरकार निजी क्षेत्रको अविभावकका रुपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको पनि प्रष्ट पार्नुभयो । ’सरकार अविभावकको रुपमा रहेर निजी क्षेत्रको विश्वास र भरोसा टुट्न दिने छैन । राज्यले संरक्षण दिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्नुस,’ अर्थमन्त्री पौडेलले थप्नुभयो, ’तपाईंहरुले आफूलाई निरीह, कमजोर र असहाय नठान्नु होला । समस्याको समाधान एकै टेबुलमा बसेर, मिलेर नै खोज्ने हो । निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजीक्षेत्रलाई मान्य हुने गरी समाधान खोजौं ।’

उहाँले विकास तथा समृद्धि यात्रामा सरकार र निजी क्षेत्र सहयात्री भएकाले कुन एक पक्षले अर्को पक्षलाई बिर्सिएर जान नसकिने पनि बताउनु भयो । पछिल्लो समय सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको भन्दै अर्थमन्त्री पौडेलले त्यस दिशामा सरकार लागिपर्ने बताउनु भयो ।

’पछिल्लो दिनमा माग र आपूर्ति घटेको छ । राजस्व घटेको छ । पुँजीगत खर्च घटेको छ । सबैभन्दा ठूलो मुख्य चुनौती भनेको मान्छेको मनोबल घटेको छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘सबै समस्याको समाधान भेटिन्छ तर, टुटेको मनोबलको समाधान भेटिन्न । यसकारण तपाईहरु उच्च मनोबलका साथ काम गर्नाेस । सरकार तपाईहरुसँगै छ ।’

अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्र लगानी बढाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित भएकाले त्यसलाई सहजीकरण गर्न सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारिक सुधारमा आफू सधैँ तयार रहेको जानकारी दिनुभयो । ’सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिन्छ । निजी क्षेत्रलाई काम गर्न अप्ठेरो भएका नीति सहजीकरणका लागि सरकार तयार छ । कुन नीतिमा सरकारले कस्तो सहयोग गर्नुपर्छ भनेर तपाईहरुबाट सुझाव आवस’, उहाँले भन्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री पौडेलसँग सरकारसँग नीजिक्षेत्रको अपेक्षाबारे आफ्नो धारणा राखेको थियो । सो क्रममा महासंघका अध्यक्ष ढकालले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरी अघि बढ्नुपर्ने बताउनु भयो । अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रीलाई सुधार गर्नका लागि सवै सरोकारवाला सम्मीलित आयोग बनाउनुपर्ने सुझाव समेत दिनुभयो ।

ढकालले नयाँ सरकार बनेसंगै निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो । अध्यक्ष ढकाल नेतृत्वको टोलीले मंगलवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी समग्र समस्या र समाधानको बिषयमा अवगत गराएको थियो ।

प्रकाशित मिति : २०८१, २ श्रावण बुधबार  ९ : ५९ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा