२०८२, ११ बैशाख बिहीबार

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल बनाउने : नव नियुक्त गृहमन्त्री लेखकको पहिलो निर्णय

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल बनाउने : नव नियुक्त गृहमन्त्री लेखकको पहिलो निर्णय


काठमाडौं । नव नियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

सोमबार मन्त्रीमा नियुक्त भएका रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोसँग दुई बस यात्रुसहित त्रिशूली नदीमा खसेका थिए । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।

रमेश लेखक नेपाली कांग्रेसका बौद्धिक र प्रभावशाली नेताको रुपमा परिचित छन् । उनी नेपाली कांग्रेसको तर्फबाट २०४८, २०६४, २०७० र २०७९ को निर्वाचनमा उनी सांसद निर्वाचित भएका छन् । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी कञ्चनपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनले ३० हजार ५२३ मत पाउँदा एमालेका निरुदेवी पालले १८ हजार ४४८ मत मात्र पाएकी थिइन् ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : ०८ बजे

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !

सिन्धुली: वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

सुर्खेत । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि