२०८२, २६ कार्तिक बुधबार

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न ७६ (२) नै समातेको विरूद्ध माओवादी अदालत जाने

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न ७६ (२) नै समातेको विरूद्ध माओवादी अदालत जाने


काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न संविधानको धारा ७६ (२) समातेकोप्रति नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ । ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया ७६ (३) मा जानुपर्ने माओवादीको तर्क थियो ।

प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेबीच भएको पछिल्लो सहमतिअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि प्रधानमन्त्रीको नियुक्तिपछि शपथ लिँदैछन्, तर आफूलाई धोखा दिएर कांग्रेससँग मिलेको भन्दै माओवादीले ओलीलाई सहजै प्रधानमन्त्री बन्न नदिने रणनीति बनाएको थियो ।

त्यही रणनीतिस्वरुप स्पष्ट अल्पमतमा हुँदा पनि हिजो प्रचण्डले सदनमा विश्वासको मत लिएका थिए । ७६ (३) मा जाँदा संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्थे, तर राष्ट्रपतिले धारा ७६ (२) नै समातेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीमा औपचारिक छलफल नभएको सचिव गणेश शाहले बताए ।

उनले भने, ‘राष्ट्रपतिको स्वविवेकमा भर पर्ने कुरा हो । त्यसैले पार्टीमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छैन । पार्टीको बैठक बसेपछि के गर्ने भन्ने टुंगो हुन्छ ।’

तर, यो विषयमा पार्टीले औपचारिक निर्णय नगरी पार्टी निकट कानून व्यवसायीहरुको संगठनलाई अघि सार्ने तयारी भइरहेको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीले भने, ‘राष्ट्रपतिले उहाँहरुले भने झैं गरेर आह्वान गरिदिनु भएको छ । त्यसैले पार्टीको कानून व्यवसायीहरुको संगठनले छलफल गरेर मुद्दा हाल्ने नहाल्ने भन्ने निर्णय गर्छन् । अहिले परामर्श भइरहेको छ । त्यसैले अहिले के हुन्छ भन्नसक्ने सम्भावना छैन । अदालत जाने सम्भावना धेरै छ ।’

प्रकाशित मिति : २०८१, ३० असार शनिबार  ३ : २६ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको