२०८२, ८ मंसिर सोमबार

पूर्व गृहमन्त्रीका छोरा कारागार चलान

पूर्व गृहमन्त्रीका छोरा कारागार चलान


काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छमेरम प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार प्रतीकलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिनुभयो । अदालतको सो आदेशपछि प्रतीकलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ ।

थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो । प्रतीक भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए । उनलाई अदालतले बयान लिएर थुनछेक बहस भएको थियो। बहसपछि उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही फरार रहेका बेचन झालाई पनि शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्ध पुरक अनुसन्धान गर्ने तयारी गरेको छ । उनलाई शुक्रबारदेखि लागुहुने गरी सात दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८१, १९ असार मंगलबार  ९ : १६ बजे

एमालेको ११औँ महाधिवेशन : प्रतिगमनविरुद्ध पूर्ण निर्णायक झट्का दिने, महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय

जेन–जीको नाममा देशमा अराजकता, सरकार ‘मुकदर्शक’ : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशभर फैलिँदै आएको

एनपिएलमा आज दुई रोचक खेल : विराटनगर–जनकपुर र कर्णाली-सुदूरपश्चिम भिड्दै

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सोमबार दुई

ट्रम्पको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार

जेनेभा । अमेरिकाले रूस–युक्रेन युद्धका लागि तयार पारेको २८ बुँदे

अमेरिकी र अष्ट्रेलियन डलर सापटीमा महँगो, बजारमा हलचल

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार (आज) विदेशी मुद्राहरूका लागि