२०८३, ९ कार्तिक सोमबार

बमजनलाई १० वर्ष कैद : पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

बमजनलाई १० वर्ष कैद : पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला



काठमाडौं । बालयौन दुरुपयोगमा दोषी ठहरिएका ‘कथित’ तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले आज ९सोमबार० सजाय निर्धारण गरेको हो ।

‘इजलासले १० वर्ष कैद सजाय तोकेको छ’, जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले भने । योसँगै बमजनले पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने भएको छ । अदालतले बमजनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको श्रेस्तेदार अधिकारीले जानकारी दिएका छन् । बमजनविरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने ९क १० की छोरी वर्ष १८ की परिवर्तित ९क० ले जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बमजनविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो । मुद्दा दर्ता भएपछि बमजन फरार भएका थिए । उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले असार १० मा बमजनलाई दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति : २०८१, १८ असार सोमबार  ६ : ५६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि