२०८३, १८ आश्विन सोमबार

बमजनलाई १० वर्ष कैद : पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

बमजनलाई १० वर्ष कैद : पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला



काठमाडौं । बालयौन दुरुपयोगमा दोषी ठहरिएका ‘कथित’ तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले आज ९सोमबार० सजाय निर्धारण गरेको हो ।

‘इजलासले १० वर्ष कैद सजाय तोकेको छ’, जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले भने । योसँगै बमजनले पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने भएको छ । अदालतले बमजनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको श्रेस्तेदार अधिकारीले जानकारी दिएका छन् । बमजनविरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने ९क १० की छोरी वर्ष १८ की परिवर्तित ९क० ले जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बमजनविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो । मुद्दा दर्ता भएपछि बमजन फरार भएका थिए । उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले असार १० मा बमजनलाई दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति : २०८१, १८ असार सोमबार  ६ : ५६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय