२०८१, २३ भाद्र आईतबार

आसन्न बालमैत्री वडा घोषणा र बालबालिकाका सवाल

आसन्न बालमैत्री वडा घोषणा र बालबालिकाका सवाल


सिन्धुली जिल्ला सदरमुकाम अर्थात कमलामाई नगरपालिका वडा नं. ६ मा बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको चरणमा रहेको जानकारी गराउँछु । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम ५१ वटा सुचकहरु ८० प्रतिशत पुरा गरेपछि बालमैत्री वडा घोषणा गर्न सक्ने प्रवधान रहेकोले यस वडालाई आगामी असार मसान्त सम्म बालमैत्री स्थानीय शासन भएको वडा घोषणा गर्ने जानकारी गराउँछु जसको लागि यहाँहरुको सहयोगको अपेक्षा रहेको छु ।

बालमैत्री स्थानीय शासन घोषणाको लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम ५१ वटा सूचकमा आधारित भएर मिति २०७९ पुष देखि यस वडामा सुरुवात गरेका हौं । बालमैत्री स्थानीय शासनको विकास बाल अधिकार सम्बन्धी समग्र पक्ष (बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता) को प्रवद्र्धन गर्न तथा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम स्थानीय तहमा सुशासन अभिबृद्धि गर्न ल्याइएको अवधारणा हो । बालमैत्री स्थानीय शासन कार्यन्वयन गर्ने सन्दर्भमा नगरपालिका तथा वडा स्तरमा क्रियाशील, विषयगत कार्यालयहरु, स्थानीय गैरसरकारी संस्थाहरु, सामाजिक विकास र परिचालनसँग सम्बन्धित संघ संस्थाहरु र सेवा प्रवाहसँग सम्बन्धित स्थानीय तहमा कार्यरत निकायहरुलाई बालमैत्री मार्गमा जान दिशावोध गर्नु वालमैत्री स्थानीय शासनको मूल कार्यादेश हो । यस सन्दर्भमा कमालामाई नगरपालिका वडा नं. ६ को बालबालिकाको वस्तुस्थिति विवरण सहयोगी र उपयोगी हुनेछ । यसको आधारमा बालबालिकाको लागि वडामा सहभागितामूलक योजना छनौट, बजेट विनियोजन तथा कार्यान्वयन गर्न सहज हुनेछ ।

बालबालिका भनेको आजको समाजको साझेदार र भोलिका कर्णधार हुन । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र राज्यशक्तीको प्रयोग तीनै तहले संविधान र कानून बमोजिम गर्ने व्यवस्था गरेको छ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ । यसका लागि हरेक स्थानीय तहले सूचना तथा तथ्याङ्कसङ्कलन र व्यवस्थापन गर्न आवश्यक छ । संविधानको अनुसूची ८ को स्थानीय तहको अधिकारको सूचीको क्रमसंख्या ६ मा स्थानीय तथ्याङ्क तथा अभिलेख संकलन सम्बन्धी अधिकार तथा क्रमसंख्या १७ मा वेरोजगारको तथ्याङ्क संकलन सम्बन्धी अधिकारलाई सूचीकृत गरेको छ । नेपालको संबिधान र स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन भएको वडा घोषणा गर्ने जिम्मेवारी नगरपालिकालाई  दिएकोछ जसको लागि यस वडाले बालमैत्री वडा घोषणाको चरण पुरा गर्न बालबालिकाको अवस्था र सो बमोजिम बालबालिकाको लगानी योजना निर्माण गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमाढीले गरेको निर्णयको आधारमा बालमैत्री स्थानीय शासनका सूचकहरुमा आधारित भई वडाको बालबालिकाको वस्तुस्थिति विवरण निर्माण गरिएको हो । वडाले २१०२ परिवारमा गइ बालबालिकाको सम्रग अवस्थाको बारेमा घरधुरी सर्वेक्षण गरि बालबालिकाको वस्तुुस्थिति विवरण निर्माण गरेको छ । स्थानीय तहले बालबालिकाको आवधिक तथा वार्षिक लगानी योजना तर्जुमा, कार्यान्वयनलाई सूचनामा आधारित, व्यवस्थित, नतिजामूलक, बाल सहभागितामूलक र प्रभावकारी बनाउन बालबालिकाको वस्तुस्थिति विवरणले वडा तथा अन्य विकास प्रदायक संस्थालाई महत्वपूर्ण आधार प्रदान गर्दछ । बालबालिकाको वस्तुस्थिति विवरणले नगरपालिका तथा अन्य सेवा प्रदायक तथा विकास साझेदारहरुलाई बालबालिकासँग सरोकार राख्ने र आवश्यक भएको कार्य गर्न मार्गदर्शन प्रदान गर्दछ । वडालाई बालमैैत्री स्थानीय शासन भएको बनाउनको लागि बालबालिकाको वस्तुस्थिति विवरण तयार भएको हुनुपर्छ ।

बालबालिकाको वस्तुस्थिति विवरण निर्माणका उद्देश्यहरू

कमलामाई नगरपालिका वडा नं. ६ को बालबालिकाको वस्तुस्थिति विवरणले यस वडाको समग्र बालबालिकाको पारिवारिक, सामाजिक, आर्थिक, भौगोलिक, भौतिक, र संस्थागत वस्तुस्थिति विश्लेषण सहितको एउटा दस्तावेज तयार पार्नु ताकी सो दस्तावेजले कमलामाई नगरपालिका वडा नंं. ६ को बालबालिका कस्तो अवस्थामा रहेका छन् तथा बालबालिकाको अवस्था, बालअधिकारको सवाल तथा समस्या कस्तो रहेको छ भन्ने देखाउँछ । यस वडालाई बालमैत्री वडा बनाउन बालबालिकाको वस्तुस्थिति विवरणले महत्वर्पूण सहयोग गर्ने छ । यस बाहेक यसका विशिष्ट उद्देश्य निम्न अनुसार रहेका छन् । 

  • बालबालिकाको नीति तथा लगानी योजनालाई सूचनामा आधारित बनाउन तथा सेवा प्रवाहलाई सुलभ र सरलिकृत बनाउनु ।
  • वडाको बालबालिकासँग सम्बन्धित वास्तविक सूचना सङ्कलन, प्रशोधन र व्यवस्थापन गरि कार्यान्यनलाई प्रभावकारी बनाउनु ।
  • बालबालिका सम्बन्धी सूचना माग गर्न आउने संस्था र व्यक्तिहरुलाई सहज रूपले प्रवाह गर्ने वा गराउने क्षमता बनाउनु ।

बालबालिकाको वस्तुस्थिति विवरण निर्माण विधि

यस कमलामाई नगरपालिका वडा नं. ६ को बालबालिकाको वस्तुस्थिति विवरण तयार गर्नका नगरपालिकाले र वडाले अगाडि सारेका नीति, कार्यक्रम छुट्याएका बजेट तथा योजनाहरू, पालिकाले र वडा बनाएको बालबालिकासँग सम्बन्धि विभिन्न कार्यविधिहरु अध्ययन गर्नुका साथै बालमैत्री स्थानीय शासन घोषणा कार्यविधिमा भएको पारिवारिक तथा संस्थागत तथ्यांक संकलनका लागी तयार पारिएको प्रश्नहरुका ेआधारमा नगरपालिकासँग छलफल गरि सल्लाह सुझाव संकलन गरिएको थियो । बालबालिकाको वस्तुस्थिति विवरण तयार गर्न निम्नानुसारको विधि प्रयोग गरियो । बालमैत्री सूचकमा आधारित बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार प्रश्नावली सहितको सर्वेक्षण फारम तयार गरी नगरपालिका बालमैत्री स्थानीय शासन समितिले विषयगत शाखाको प्रमुख तथा प्रतिनिधिहरुको सुझाव सहितको छलफलबाट आएका सुझावहरु समेट्दै प्रश्नहरुलाई घर घरमा गई टिपोट गरिएको थियो ।

  • वडामा गणकहरु छनौट भएर आईसकेपछि तथ्याङ्क सङ्कलनको प्रक्रिया, प्रश्नोत्तर सम्वन्धी जानकारी प्रदा गरियो । त्यसपछि गणकहरुलाई सम्बन्धित टोलमा तथ्याङ्क सङ्कलनका लागि परिचालन गरियो ।
  • बालबालिकाको वस्तुस्थिति विवरणको अन्तिम प्रतिवेदन तयारी तथा तयार भएको बालबालिकोे वस्तुस्थितिको विवरण प्रस्तुतिकरण र प्रस्तुतिकरणबाट आएका सल्लाह सुझावहरु अनुसार वडाको बालबालिकाको वस्तुस्थिति विवरणलाई अन्तिम रुप दिइयो ।

यस वडामा बालबालिकाको वस्तुस्थिति विवरण तयार भएको छ । बालबालिकाको सवालको विषयमा पत्रकारहरुको भुमिका महत्व पूर्ण छ । बालबालिका आजको कर्णधार र भोलिको साझेदाको भएकाले ती बालबालिकाको अवस्था राम्रो बनाउने सवालमा पत्रकारको भुमिका निकैनै महत्वपुर्ण रहेका हुन्छ । यस वडामा रहेका सम्पूर्ण बालबालिकाको सवालमा यहाँहरुको भुमिका राम्रो हुने छ भन्ने विश्वास लिएका छौ । यस वडामा रहेका बालबालिकाको समस्यामा सकारात्मक भुमिका सहितको सुझाब आउने विश्वास रहेको छ । देशको विकासमा चौथो अंगको रुपमा रहेको पत्रकारको सकारात्मक पहल रहेको छ यस सन्दर्भमा वडाको विकासमा पत्रकारको सहयोगको लागि धन्यवाद दिन चाहन्छु साथै यस वडामा रहेको बालबालिको अवस्थाको बारेमा यहाँहरुको सकारात्मक पहल सहितको पहल कदमि रहने छ भन्ने विश्वास रहेको छ । भोलिको दिनमा बालबालिकाको विषयमा गरिने कार्यक्रम र लिइने नीतिको विषयमा यहाँहरुको सुझावहरुलाई मार्ग दर्शनको रुपामा लिएर काम गर्ने छौैं, साथै बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार  ८० प्रतिशत सूचक पुरा गरेको वडा तथा पालिकाले बालमैत्री घोषणा गर्न सक्ने व्यवस्था रहेकोले सो आधारमा यस वडालाई बालमैत्री स्थानीय शासन भएको वडा घोषणा गर्ने तायारी चरणमा रहेका छौं साथै यस वडाले बालमैत्री वडा घोषणा पछिको दिगोपनाको लागि बनाउने रणनितिक योजनामा आजको सुझावलाई विशेष रुपामा राखिने छ । वडा र जिल्लामा कृयाशिल पत्रकारहरुको बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको लागि सामुहिक प्रतिवद्धताले बालमैत्री वडा घोषणा गर्न थप उर्जा मिल्ने छ भन्ने वडा परिवारले विश्वास लिएको छ ।

                                                  

प्रकाशित मिति : २०८१, ९ असार शनिबार  ९ : १७ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा