२०८३, १० कार्तिक मंगलबार

एमाले काभ्रेको जिल्ला अधिबेशन जेठ २८ गते हुने

एमाले काभ्रेको जिल्ला अधिबेशन जेठ २८ गते हुने


धुलिखेल/ नेकपा एमाले काभ्रेको जेठ २८ गते देखि धुलिखेलमा शुरु हुने ११ औ जिल्ला अधिबेशनको भब्य तयारी गरिएको छ । अधिबेशनको उद्घाटन र बन्द सत्रको तयारीका लागि धुलिखेल नगर कमिटीको आयोजनामा बृहत्त भेला आयोजना गरिएको थियो ।

नगर स्तरीय भेलामा नगरका सम्पूर्ण प्रदेश, जिल्ला एवं नगर तथा वडा कमिटी, जनवर्गिय संघ संगठनका पदाधिकारी, सदस्यहरु, पार्टीका वर्तमान तथा पुर्व जनप्रतिनिधीहरु, सल्लाहकार परिषद्का पदाधिकारी तथा शुभचिन्तकहरुलाई आमन्त्रण गरिएको एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महतले जानकारी दिए । 

महतले जिल्ला अधिबेशन सम्पन्न गर्ने दायित्व पाएको धुलिखेलले १० औ जिल्ला अधिबेशनको भब्य र सभ्यतालाई ११ औ अधिबेशन पनि सोहि अनुसार सम्पन्न गर्न आवश्यक तयारी तथा जिम्मेवारीका लागि भेला आयोजना गरिएको बताए ।

भेलाले १२ वटै वडा र मातहतका कमिटी तथा नेताहरुलाई जिम्मेवारी बाँडफाँड समेत गरेको छ । धुलिखेलमा ११ औ अधिबेशन अधिबेशनको उद्घाटन बेचिङ प्लान्ट धुलिखेलमा आयोजना हुने छ । पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । साथमा पार्टीका स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रिय सदस्यहरु लगायतले सम्बोधन गर्नेछन् । २९ गते धुलिखेल नगरपालिकाको सभा हलमा बन्द सत्र आयोजना हुनेछ । जसमा ७ सय ५० भन्दा धेरै प्रतिनिधीहरु सहभागि हुनेछन् ।

पार्टीको सांगठनिक, आर्थिक तथा राजनीतिक प्रतिवेदनमा छलफल पछि नेतृत्व चयन प्रकृया शुरु हुनछ । अघिल्लो अधिबेशनमा जस्तै यो अधिबेशनमा पनि नेकपा एमालेले हाईटेक शैली मार्फत नेतृत्व चयनको सहज प्रकृया आरम्भ गर्ने जिल्ला सचिव राजन भुर्तेलले जानकारी गराए । अधिबेशनमा सहभागि हुने प्रतिनिधिहरुको चयन प्रकृया सकिएको छ । केहि प्रतिनिधी मनोनित हुनेछन् ।

जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल लगायतले अधिबेशनका तयारीका बारेमा धारणा राखेका थिए । अधिबेशनले नेतृत्व चयनसँगै जिल्लाको विकास निर्माण र समृद्धीको योजना समेत निर्माण गर्नेछ ।

जिल्ला अधिबेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसर भएको एमाले काभ्रेले जानकारी दिएको छ । जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल गरेको छ । 

प्रकाशित मिति : २०८१, २४ जेष्ठ बिहीबार  १२ : ५० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना