२०८३, ११ कार्तिक बुधबार

अर्थमन्त्री पुनले बजेटमार्फत जोखिम उठाउनु भएको छ : पूर्वअर्थमन्त्री पौडेल

अर्थमन्त्री पुनले बजेटमार्फत जोखिम उठाउनु भएको छ : पूर्वअर्थमन्त्री पौडेल


काठमाडौं:  नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जोखिम उठाएको बताउनुभएको छ । पुन आफैँले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहेको पौडेलको भनाइ थियो । बजेटमाथि छलफलमा भाग लिँदै पौडेलले भन्नुभयो, ‘बजेट महत्वाकांक्षी होइन उच्च आकांक्षा राखेको छ । अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला ।’

मन्त्री पुनले सहज यात्रा नरोजी अप्ठ्याराहरूका बीचमा काम गर्ने अठोट लिएको पौडेलको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले साढे तीन घण्टाको बजेटलाई छोट्याएर २ घण्टाको बनाएकोले बजेट सन्तुलित देखिएको उहाँले भन्नुभयो । उहाँले थप्नुभयो,‘बाहिर मानिसहरूको चर्चा र आशंकाकै बीच १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको छ । यसको लागि स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन । तर, पनि सीमा निर्धारण गरेको छ । बजेटका सबै लक्ष्यहरू उच्च छ ।’

‘राजस्वले चालू खर्च धान्न नसकेको र ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्थामा उच्च आकांक्षा राखेर बजेट ल्याउनु अर्थमन्त्रीले जोखिम उठाउन खोज्नु हो’, पौडेलले भन्नुभयो । ‘उपभोक्ता ठगिएको बेलामा उपभोक्ता अदालत गठन गर्न खोज्नु, बजेटले कृषि क्षेत्रमा लगानीको दशकको कुरा गर्नु र सुचना प्रविधिमा पनि लगानी दशकको पहिलो वर्षको रूपमा लिनु सकारात्मक हो । तथापि दुईवटैलाइ दशकको रईपमा घोषणा गर्दा कसलाई प्राथमिकता दिने भन्ने यकिन हुनुपर्छ’, पौडेलले भन्नुभयो ।

प्रकाशित मिति : २०८१, २० जेष्ठ आईतबार  १० : ३७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा