२०८२, २६ पुस शनिबार

एमाले अध्यक्ष ओलीको टिप्पणी: गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो

एमाले अध्यक्ष ओलीको टिप्पणी: गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो


काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनुुभएको छ ।

बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनुभयो। उहाँले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाउनुभयो ।

अध्यक्ष ओलीले काँग्रेस जस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गर्नुभयो । उहाँले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको खुलाउनुभयो । कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रश्ताव गर्ने र प्रश्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अर्घेल्याई गरेको आरोप लगाउँदै संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले कान्तीपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताउनुभयो । उहाँले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो रु भन्दै प्रश्न समेत गर्नुभयो। नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले सांसद डा.शुनिल शर्मा र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताउनुभयो । न्यायको अगाडि सबै बराबर हुन्छन्, अध्यक्ष ओलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१, १० जेष्ठ बिहीबार  ९ : ३१ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,