२०८३, १५ भाद्र मंगलबार

एमाले अध्यक्ष ओलीको टिप्पणी: गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो

एमाले अध्यक्ष ओलीको टिप्पणी: गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो


काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनुुभएको छ ।

बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनुभयो। उहाँले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाउनुभयो ।

अध्यक्ष ओलीले काँग्रेस जस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गर्नुभयो । उहाँले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको खुलाउनुभयो । कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रश्ताव गर्ने र प्रश्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अर्घेल्याई गरेको आरोप लगाउँदै संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले कान्तीपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताउनुभयो । उहाँले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो रु भन्दै प्रश्न समेत गर्नुभयो। नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले सांसद डा.शुनिल शर्मा र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताउनुभयो । न्यायको अगाडि सबै बराबर हुन्छन्, अध्यक्ष ओलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१, १० जेष्ठ बिहीबार  ९ : ३१ बजे

भोटेकोशी बाढीको सातौँ दिन : २३ जना जीवित भेटिए, हाइड्रो टनेलभित्र उद्धार अभियान जारी

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीको सातौँ दिन नेपाली सेनाले

नेपाल बैंकको सञ्चालक समिति फेरबदल

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ

केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी

एजेन्सी । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित बाढीपहिरो प्रभावित केरुङ

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको

बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित