२०८३, १४ कार्तिक शनिबार

एमाले सिन्धुलीको पालिका अधिवेशन भोलीबाट शुरु, सर्वसम्मत छानिए सबै पालिकाका प्रतिनिधीहरु

एमाले सिन्धुलीको पालिका अधिवेशन भोलीबाट शुरु, सर्वसम्मत छानिए सबै पालिकाका प्रतिनिधीहरु


सिन्धुली: नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ । यसै क्रममा हिजो साँझसम्म सिन्धुलीका ८ वटा पालिका अधिवेशन प्रतिनिधी छनोट भइसकेको थाहा लागेको छ ।
गएको चैत २८ र २९ गते सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै केन्द्रीय योजना अनुसार ९ वटै पालिका अधिवेशन सम्पन्न गराउन जुटेको हो ।
एमाले सिन्धुलीका सचिव नवराज थिङका अनुसार जेठ १५ भित्र सबै पालिका कमिटीको अधिवेशन सम्पन्न गर्नेगरी पार्टीले योजना अगाडि बढाएकाले पनि सिन्धुलीका सबै पालिकाले अधिवेशन सम्पन्न गर्न प्रतिनिधी सर्वसम्मत रुपमा चयन गरेको हो ।
सचिव थिङका अनुसार मरिण गाउँपालिकाको आउँदो जेठ ७ गते, गोलन्जोर गाउँपालिकाको जेठ ८ र ९ गते, तीनपाटन गाउँपालिका ११ र १२ गते, फिक्कल गाउँपालिकाको जेठ १३ र १४ गते, सुनकोशी गाउँपालिकाको जेठ १२ गते, कमलामाई नगरपालिकाको जेठ १५ र १६ गते, दुधौली नगरपालिकाको जेठ १४ र १५ गते र हरिहरपुरगढीको जेठ ११ गते पालिका अधिवेशन गर्ने टुंगो लागिसकेको छ ।
दसबैभन्दा पहिला बैशाख मसान्तमै मरिण गाउँ पालिका कमिटीले सम्पूर्ण सदस्यहरूको सदस्यता नविकरण गर्दै प्रतिनिधि छनौट गरेको थियो भने गोलन्जोर र हरिहरपुरगढी गाउँ पालिका कमिटीले जेठ ३ गते र कमलामाई नगरपालिका , दुधौली नगरपालिका , फिक्कल गाउँ पालिका , तीनपाटन गाउँ पालिका र सुनकोसी गाउँ पालिका कमिटीहरूले पनि मनोनित र जनसंगठन वाहेक प्रतिनिधि छनौटको कार्य सम्पन्न गरेका छन् । घ्याङलेख गाउँ पालिकाको भने सम्पूर्ण सदस्यहरू प्रतिनिधि हुने एमाले सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ६ जेष्ठ आईतबार  ११ : ११ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २३ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर आज वर्षाको सम्भावना रहेको छ। जल तथा