२०८३, १० कार्तिक मंगलबार

आगलागी पिडितका लागि राहत तथा पुर्नस्थापनामा जुट्न एमाले बागमतीको निर्देशन

आगलागी पिडितका लागि राहत तथा पुर्नस्थापनामा जुट्न एमाले बागमतीको निर्देशन


काठमाडौं: नेकपा एमाले बागमती प्रदेश कमिटीले आगलागी पिडित नागरिकहरुको राहत तथा पुर्नस्थापनामा जुट्न पार्टी कमिटीहरुलाई आग्रह गरेको छ । एमाले बागमतीका अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा बसेको वागमती प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश भित्र भएको बन डढेंलोबाट पिडित बनेका नागरिकहरुलाई राहत तथा पुर्नस्थापनामा जुट्न विभिन्न कमिटीहरुलाई निर्देशन दिएको हो ।
प्रचार विभाग प्रमुख भक्तकुमारी लामाका अनुसार पार्टी कार्यालय च्यासल लतिलपुरमा बसेको बैठकले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्तगर्दे मातहतका जिल्ला कमिटीहरुलाई तत्कालै आगलागी नियन्त्रण तथा रोकथाममा लाग्न र त्यसबाट पिडित भएका नागरिकहरुको जीवन रक्षाका लागि राहत तथा पुर्नस्थापनामा जोडिने निर्णय गरेको हो ।
बैठकले प्रदेश अधिवेशनपछि रिक्त रहेका विभिन्न ३० वटा विभागहरुलाई पनि पूर्णता दिएको छ । एमाले बागमती प्रदेश कमिटी अन्र्तगत संगठन विभाग, स्कूल विभाग, प्रचार विभाग, कानून विभाग, विपद व्यवस्थापन विभाग, युवा तथा खेलकुद विभाग, उद्योग बाणिंज्य तथा आपूर्ति विभाग, कृषि तथा पशुंपक्षी विभागलगायत रहेका छन् । आजको सचिवालय बैठकले सम्पूर्ण विभागहरुको सचिव तथा सदस्यहरुलाई पूर्णता दिएको प्रचार विभाग प्रमुख लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २० बैशाख बिहीबार  ९ : ५६ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना