२०८३, २८ भाद्र सोमबार

आगलागी पिडितका लागि राहत तथा पुर्नस्थापनामा जुट्न एमाले बागमतीको निर्देशन

आगलागी पिडितका लागि राहत तथा पुर्नस्थापनामा जुट्न एमाले बागमतीको निर्देशन


काठमाडौं: नेकपा एमाले बागमती प्रदेश कमिटीले आगलागी पिडित नागरिकहरुको राहत तथा पुर्नस्थापनामा जुट्न पार्टी कमिटीहरुलाई आग्रह गरेको छ । एमाले बागमतीका अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा बसेको वागमती प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश भित्र भएको बन डढेंलोबाट पिडित बनेका नागरिकहरुलाई राहत तथा पुर्नस्थापनामा जुट्न विभिन्न कमिटीहरुलाई निर्देशन दिएको हो ।
प्रचार विभाग प्रमुख भक्तकुमारी लामाका अनुसार पार्टी कार्यालय च्यासल लतिलपुरमा बसेको बैठकले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्तगर्दे मातहतका जिल्ला कमिटीहरुलाई तत्कालै आगलागी नियन्त्रण तथा रोकथाममा लाग्न र त्यसबाट पिडित भएका नागरिकहरुको जीवन रक्षाका लागि राहत तथा पुर्नस्थापनामा जोडिने निर्णय गरेको हो ।
बैठकले प्रदेश अधिवेशनपछि रिक्त रहेका विभिन्न ३० वटा विभागहरुलाई पनि पूर्णता दिएको छ । एमाले बागमती प्रदेश कमिटी अन्र्तगत संगठन विभाग, स्कूल विभाग, प्रचार विभाग, कानून विभाग, विपद व्यवस्थापन विभाग, युवा तथा खेलकुद विभाग, उद्योग बाणिंज्य तथा आपूर्ति विभाग, कृषि तथा पशुंपक्षी विभागलगायत रहेका छन् । आजको सचिवालय बैठकले सम्पूर्ण विभागहरुको सचिव तथा सदस्यहरुलाई पूर्णता दिएको प्रचार विभाग प्रमुख लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २० बैशाख बिहीबार  ९ : ५६ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल