२०८३, २ कार्तिक सोमबार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज साँझ एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखले दिएको समयभित्र बहुमतको सरकार गठनका लागि दावी पेश भएसँगै कँडेललाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

एमाले नेता कँडेलले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका ९, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका १ सांसदसहित २३जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।

कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ । कर्णालीमा ४० सदस्यीय प्रदेशसभा रहेको छ ।

प्रकाशित मिति : २०८०, २७ चैत्र मंगलबार  ९ : ४७ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा