२०८२, ९ भाद्र मंगलबार

ढुक्क हुनुस्, इलाममा सुहाङ नेम्वाङले चुनाव जित्छन् : अलक्ष्मी शाक्य

ढुक्क हुनुस्, इलाममा सुहाङ नेम्वाङले चुनाव जित्छन् : अलक्ष्मी शाक्य


काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इलाम–२ को उपनिर्वाचनमा एमालेले चुनाव जित्ने बताउनुभएको छ ।
रामेछापको सुनपाति गाउँपालिका–१ गुन्सीमा एमाले वडा पार्टीको अधिवेशन उद्घाटन तथा कम्युनिष्ट पार्टीका सेल्टरदाताको सम्मान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले इलामाबाट सुहाङ नेम्वाङले चुनाव जित्ने दाबी गर्नुभयो । ‘उहाँको जीत निश्चित छ, इलामा–२ मा के होला भनेर चिन्ता लिनु पर्ने स्थिति छैन, उहाँले जित्नु हुन्छ’, उहाँले भन्नुभयो ।
सुहाङ सुवास नेम्वाङको छोरा मात्र नभएर एक बौद्धिक र शालीन युवा भएको शाक्यले बताउनुभयो । पार्टीले भूगोलको मागलाई बुझेर सुझबुझका साथ सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको शाक्यले बताउनुभयो ।

कतिपय एमालेलाई बुढाहरूको पार्टी भन्ने आरोप लगाएका बताउँदै एमाले कस्ताको पार्टी हो भन्ने उदाहरण सुहाङलाई हेर्न उहाँले आग्रह गर्नुभयो । सुहाङको उम्मेदवारीले एमाले युवालाई पनि त्यतिकै सम्मान र अवसर दिने पार्टी भएको कुरा पुष्टि गरेको शाक्यले स्पष्ट पार्नुभयो ।

इलामको निर्वाचनमा केन्द्रित भएर पार्टी लागेको बताउँदै शाक्यले त्यहाँ पार्टीले सहज विजय प्राप्त गर्ने बताउनुभयो । ‘इलामबाट सुहाङ जितेर आउनु हुन्छ, उहाँ फष्ट बन्नु हुनुहुन्छ’, शाक्यले भन्नुभयो ।

प्रकाशित मिति : २०८०, २७ चैत्र मंगलबार  १० : २६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको