२०८३, २२ आश्विन शुक्रबार

ढुक्क हुनुस्, इलाममा सुहाङ नेम्वाङले चुनाव जित्छन् : अलक्ष्मी शाक्य

ढुक्क हुनुस्, इलाममा सुहाङ नेम्वाङले चुनाव जित्छन् : अलक्ष्मी शाक्य


काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इलाम–२ को उपनिर्वाचनमा एमालेले चुनाव जित्ने बताउनुभएको छ ।
रामेछापको सुनपाति गाउँपालिका–१ गुन्सीमा एमाले वडा पार्टीको अधिवेशन उद्घाटन तथा कम्युनिष्ट पार्टीका सेल्टरदाताको सम्मान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले इलामाबाट सुहाङ नेम्वाङले चुनाव जित्ने दाबी गर्नुभयो । ‘उहाँको जीत निश्चित छ, इलामा–२ मा के होला भनेर चिन्ता लिनु पर्ने स्थिति छैन, उहाँले जित्नु हुन्छ’, उहाँले भन्नुभयो ।
सुहाङ सुवास नेम्वाङको छोरा मात्र नभएर एक बौद्धिक र शालीन युवा भएको शाक्यले बताउनुभयो । पार्टीले भूगोलको मागलाई बुझेर सुझबुझका साथ सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको शाक्यले बताउनुभयो ।

कतिपय एमालेलाई बुढाहरूको पार्टी भन्ने आरोप लगाएका बताउँदै एमाले कस्ताको पार्टी हो भन्ने उदाहरण सुहाङलाई हेर्न उहाँले आग्रह गर्नुभयो । सुहाङको उम्मेदवारीले एमाले युवालाई पनि त्यतिकै सम्मान र अवसर दिने पार्टी भएको कुरा पुष्टि गरेको शाक्यले स्पष्ट पार्नुभयो ।

इलामको निर्वाचनमा केन्द्रित भएर पार्टी लागेको बताउँदै शाक्यले त्यहाँ पार्टीले सहज विजय प्राप्त गर्ने बताउनुभयो । ‘इलामबाट सुहाङ जितेर आउनु हुन्छ, उहाँ फष्ट बन्नु हुनुहुन्छ’, शाक्यले भन्नुभयो ।

प्रकाशित मिति : २०८०, २७ चैत्र मंगलबार  १० : २६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य