२०८२, २० कार्तिक बुधबार

सुहाङ्गले गरे मनोनयन दर्ता : प्रस्तावकमा रवीन्द्र समर्थकमा धिरेन्द्र

सुहाङ्गले गरे मनोनयन दर्ता : प्रस्तावकमा रवीन्द्र समर्थकमा धिरेन्द्र


विराटनगर । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उप निर्वाचनमा बाम गठबन्धनका सुहाङ्ग नेम्बांगले मनोनयन दर्ता गराएका छन् । बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुगेका सुहाङ्गको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहेका छन् । एमाले इलामका उप सचिव रवीन्द्र उम्मेदवारको आकाङ्क्षी थिए । यस्तै धिरेन्द्र शर्मा रमण भने माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।

सुहाङले मनोनयन दर्तामा जानु अघि भानु रत्न चोक इलाममा रहेको सहिद रत्न कुमार वान्तावा, सहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ ९प्रेमदिप०ले मनोनयन दर्ता गराएका हुन् ।उनी पहिचान पक्षधरका तर्फबाट उम्मेदवार हुन चाहन्थे । उनको स्थानमा डकेन्द्र सिंह थेगिमलाई उम्मेदवार बनाएपछि उनी जनमतबाट उम्मेदवार बनेका हुन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेको छन् । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । यस्तै डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । गौतमले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली काँग्रेस बिपी बाट इलाम–२ मा उम्मेदवारी दिएका थिए । उनले ५४ मत प्राप्त गरेका थिए । पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन् । उनलाई जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समर्थन गरेको छ । थेगिमलाई प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले पहिचान पक्षधरको साझा उम्मेदवार बनाएको हो । यस्तै एककिकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् ।

रास्वपाबाट केही बेरमा मिलन लिम्बूले ३ बजे उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेपाली काँग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८०, २४ चैत्र शनिबार  २ : २२ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज