२०८३, ३१ भाद्र बिहीबार

सुहाङ्गले गरे मनोनयन दर्ता : प्रस्तावकमा रवीन्द्र समर्थकमा धिरेन्द्र

सुहाङ्गले गरे मनोनयन दर्ता : प्रस्तावकमा रवीन्द्र समर्थकमा धिरेन्द्र


विराटनगर । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उप निर्वाचनमा बाम गठबन्धनका सुहाङ्ग नेम्बांगले मनोनयन दर्ता गराएका छन् । बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुगेका सुहाङ्गको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहेका छन् । एमाले इलामका उप सचिव रवीन्द्र उम्मेदवारको आकाङ्क्षी थिए । यस्तै धिरेन्द्र शर्मा रमण भने माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।

सुहाङले मनोनयन दर्तामा जानु अघि भानु रत्न चोक इलाममा रहेको सहिद रत्न कुमार वान्तावा, सहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ ९प्रेमदिप०ले मनोनयन दर्ता गराएका हुन् ।उनी पहिचान पक्षधरका तर्फबाट उम्मेदवार हुन चाहन्थे । उनको स्थानमा डकेन्द्र सिंह थेगिमलाई उम्मेदवार बनाएपछि उनी जनमतबाट उम्मेदवार बनेका हुन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेको छन् । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । यस्तै डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । गौतमले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली काँग्रेस बिपी बाट इलाम–२ मा उम्मेदवारी दिएका थिए । उनले ५४ मत प्राप्त गरेका थिए । पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन् । उनलाई जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समर्थन गरेको छ । थेगिमलाई प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले पहिचान पक्षधरको साझा उम्मेदवार बनाएको हो । यस्तै एककिकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् ।

रास्वपाबाट केही बेरमा मिलन लिम्बूले ३ बजे उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेपाली काँग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८०, २४ चैत्र शनिबार  २ : २२ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण