२०८३, २२ आश्विन शुक्रबार

एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा होमनारायण र सचिवमा कृष्णगोपाल निर्वाचित

एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा होमनारायण र सचिवमा कृष्णगोपाल निर्वाचित


सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष कमल नेपाललाई १४ पछाडी पार्दै हराउँदै श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् । श्रेष्ठले ३६३ र नेपालले ३४९ मत पाएका थिए । 

सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित भएका छन् । तामाङले ४०३ मत ल्याएका थिए भने श्रेष्ठ प्यानलबाट सचिवमा उम्मेदवारी दिएका यज्ञराज सापकोटाले २७० मत मात्रै ल्याएका छन् ।

श्रेष्ठले ३६३ र नेपालले ३४९ मत पाएका थिए । २०७४ को स्थानीय निर्वाचनमा श्रेष्ठले जुगल गाउँपालिकाका अध्यक्ष र नेपालले लिशंखुपाखर गाउँपालिका अध्यक्ष जितेका थिए । दुई पूर्व जनप्रतिनिधि श्रेष्ठ र नेपालले एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशनमा प्यानल बनाएरै चुनाव लडेका थिए ।

अरु पदाधिकारीमा भने नेपाल प्यानलका उम्मेदवारहरुले जिते । उपाध्यक्षमा विश्वमणि आचार्यलाई हराउँदै अर्जुन भण्डारीले जितेका छन् । भण्डारीले ३४५ र आचार्यले ३०७ मत पाए । सचिवमा कृष्णगोपाल तामाङले ४०३ मत ल्याएर जित्दा यज्ञराज सापकोटाले २७० मत मात्रै पाए । उपसचिवमा शिवहरि सापकोटाले ३३६ मत ल्याएर जित्दा विजयकृष्ण श्रेष्ठले ११३ मत पाएका छन् ।

अर्का उपसचिवमा भारी मतान्तरले सुशीला प्राख्रिन निर्वाचित भएका छन् । पाख्रिनले ४५६ मत ल्याएर उपसचिव जितदा शोभा कार्कीले २०८ मत पाइन् । उपाध्यक्ष, सचिव र दुवै उपसचिव कमल नेपालकै प्यानलबाट उम्मेदवार बनेका थिए । २०७८ मा पार्टी विभाजन हुँदा १० बुँदे सहमति गरेर एमालेमै बसेका कमल नेपाललाई पोालिटब्यूरो सदस्य अरुण नेपालले साथ दिएका थिए भने होमनारायण श्रेष्ठलाई सरेश नेपालको साथ थियो ।

जिल्ला नेताहरुका अनुसार, प्यानल बनाएर चुनाव हुँदा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले कुनै पनि समूहलाई साथ दिएनन् । अधिवेशनले १०१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २०८०, २० चैत्र मंगलबार  ५ : ३५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य