२०८३, २२ जेष्ठ शनिबार

बाग्मती सरकारमा एमाले सहभागी, संसदीय दलका नेता थपलिया आर्थिक मामिला मन्त्री

बाग्मती सरकारमा एमाले सहभागी, संसदीय दलका नेता थपलिया आर्थिक मामिला मन्त्री


हेटौंडा । नेकपा एमाले बाग्मती प्रदेश सरकारमा सहभागी भएको छ । एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहनुभएका केन्द्रीय सदस्य तथा सांसद जगन्नाथ थपलियाले शनिबार आर्थिक मामिला तथा विकासमन्त्रीको शपथग्रहण गर्नुभएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको चालू प्रदेश सरकारमा थपलिया दोस्रो पटक मन्त्री बन्नुभएको हो ।

यसअघि २०७९ पुस २६ गते पनि थपलिया आर्थिक मामिलामन्त्री बन्नुभएको थियो । बाग्मतीमा रिक्त ६ वटा मन्त्रालयमध्ये चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीको शपथ लिइसक्नु भएको छ ।

योसँगै १२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूवार्धार विकास र सामाजिक विकास मन्त्रालय परेको छ । नेकपा एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालिरहेको छ ।

प्रकाशित मिति : २०८०, १८ चैत्र आईतबार  ६ : २७ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति