२०८३, २२ आश्विन शुक्रबार

नेकपा एमाले झापाको ११औं अधिवेशन, आज उम्मेदवारी दर्ता, भोलि मतदान हुने

नेकपा एमाले झापाको ११औं अधिवेशन, आज उम्मेदवारी दर्ता, भोलि मतदान हुने


झापा । बिहीवारदेखि शुरु भएको नेकपा एमाले झापाको ११औं अधिवेशनकाे नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रिया आज सुरु हुने भएको छ। निर्वाचन कमिटीका अनुसार शनिवार बिहान ९ देखि १० बजेसम्म उम्मेद्वारको दरखास्त फाराम वितरण, साढे १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता, ४ बजे उम्मेद्वारको प्रारम्भिक सूची प्रकाशन, ५ बजेसम्म विरोधमा उजुरी दिन पाइने, ६ बजे उम्मेद्वारको पुनः सूची प्रकाशन, बेलुका साढे ८ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन पाउने र बेलुकी ९ बजे उम्मेद्वारको फाइनल सूची प्रकाशित गरिने छ ।

आइतवार बिहान ७ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको छ भने मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ। मतदान स्थल अग्रेसन भवनमै रहने र मतगणना भने जिल्ला पार्टी कार्यालयमा हुने जनाएको छ ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार विर्तामोडको अग्रसेन भवनमा ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

अध्यक्षका आकांक्षी को को ?

जिल्ला अध्यक्षका लागि दुईजनाले आकांक्षा देखाएका छन्। अहिलेको कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेलले दाबी गर्नुभएको छ। तर नेतृत्वले सर्वसम्मत नेतृत्व छनौटको तयारी गरेको छ। तर दुवै जना अध्यक्षबाट ब्याक हुने अवस्था नरहेकाले निर्वाचन कमिटीले भने निर्वाचनको तयारी गरेको छ ।

सचिवमा भने तुलसी कार्की र बोधप्रसाद घिमिरेले आकाक्षी छन् ?

उपसचिवमा भने टीकाराम मग्राती र खगेन्द्र नेपालले आकांक्षा देखाएका छन् । महिला उप सचिवमा भने देवीमाया भट्टराई, मिना विश्वकर्मा र अनिता कन्दंगवा आकाङ्क्षी छन् ।

प्रकाशित मिति : २०८०, १७ चैत्र शनिबार  ३ : ०३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य