२०८३, ३१ भाद्र बिहीबार

पार्टीलाई मजबुत र सुदृढ बनाउन नेता कार्यकर्ताहरुलाई पढाउदैं संखुवासभा एमाले

पार्टीलाई मजबुत र सुदृढ बनाउन नेता कार्यकर्ताहरुलाई पढाउदैं संखुवासभा एमाले



खाँदबारी ।  नेकपा एमाले जिल्ला कमिटी संखुवासभाले पार्टी कार्यकर्ताहरुलाई सक्षम र सवल बनाएर तल्लो तहसम्म पार्टीलाई सुदृढ बनाउन खाँदवारीमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । 

नगरपालिकाको सभा हलमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन नेकपा(एमाले) पार्टीका उपमहासचिव प्रदिप ज्ञावलीले गर्नु भएको छ । पार्टी अध्यक्ष खड्ग राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरुको सहभागीता रहेको छ । 

अभिमुुखीकरणको पहिलो दिन नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले दशौं राष्ट्रिय महाधिवेशनका कार्यदिशा र समाजवादका आधारहरुको विषयमा सहजिकरण गर्नु भएको छ । यस्तै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जीवन घिमिरेले माक्सवाादी विश्वदृष्टिकोण,  पार्टी सुद्दीकरण र सुदृढिकरणका विषयमा पार्टीका तर्फबाट गर्न पर्ने कार्यहरुबारे केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सहजिकरण गर्नु भएको छ । जिल्ला पार्टी अध्यक्ष खड्ग राईले अभिमुखीकरण पछि गरिने १५ दिने जनअभियानको योजना तथा बार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको छ । 

बुधबार पार्टी र जनसङ्गठनबीचको अन्तरसम्बन्ध र प्रभावकारी परिचालनबारे केन्द्रीय सदस्य तुलसीप्रसाद नेउपाने,  स्थानीय तहको विकास र परिचालनमा जनप्रतिनिधिहरुको अगुवाईबारे केन्द्रीय स्थानीय तह विकास विभाग सदस्य मुरारीप्रसाद खतिवडा,  जनताको बहुदलीय जनवाद र क्रान्तिका चरणहरुबारे स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र सोसियल मिडियाको प्रयोग र उपयोगमा पार्टी नेतृत्व र कार्यकर्ताहरुको सहभागिताबारे प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज देवेन्द्र कार्कीले सहजिकरण गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिनु भयो । 

कोशी प्रदेशमा १४ जिल्ला मध्य सबै भन्दा अगाडी जिल्ला अधिबेशन गरेको संखुवासभाले पहिलो पटक जिल्ला कमिटी र माथिल्लो कमिटीका नेता कार्यकर्ताहरुलाई अभिमुखीकरण कार्यक्रम गरि टोलटोलमा संगठन सुदृढीकरण र सदस्यता नविकरणमा खटाउन लागेको हो । १५ दिने पार्टी निर्माण अभियान संचालन गरिने अध्यक्ष राईले जानकारी दिनु भएको छ । 

प्रकाशित मिति : २०८०, १४ चैत्र बुधबार  ६ : १७ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण