२०८२, ९ माघ शुक्रबार

एमाले उदयुरको नवौं जिल्ला अधिवेशनको तयारी तिब्र, ६ सय प्रनितिधी छनौट सम्पन्न

एमाले उदयुरको नवौं जिल्ला अधिवेशनको तयारी तिब्र, ६ सय प्रनितिधी छनौट सम्पन्न


उदयपुर । आगामी १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा भएको छ । आसन्न जिल्ला अधिवेशनको लागि ७५ वटा वडा र २३ वटा जनसंगठनबाट ६ सय ३ जना प्रतिनिधी छनौट सम्पन्न भई सकेको उप सचिव भरत बहादुर थापाले बताउनु भयो ।

‘चैत ६ गते सबै कमिटीबाट प्रतिनिधी छनौट भई सकेको छ’ उपसचिव थापाले भन्नु भयो ‘छनौट भएर आएका प्रतिनिधीहरुको अभिलेख राख्ने कार्य भईरकेको छ ।’ अधिवेशन सम्पन्न गर्नका लागि गाईघाट पिपल चौक स्थित एवान होटलको माथिल्लो तल्लामा सम्पर्क कार्यालय स्थापना गरेर प्रतिनिधी व्यवस्थापन लगाएतका सबै कार्यहरु सुरु गरिएको छ । प्रतिनिधी छनौट बाहेक अधिवेशनको लागि गठन भएका विभिन्न उपसमितिले समेत आफ्नो कार्य प्रारम्भ गरेको छ ।

जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन भएको छ । बुधबार प्रचारप्रसार समितिको बैठक बसेर नवौं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि प्रचार प्रसारलाई व्यापक बनाउने निणर्य गरेको छ । प्रचार प्रसार उपसमितिका संयोजक भरत खड्काको अध्यक्षतामा बसेको बैठकले अधिवेशन भर मिडिया डेक्स स्थापना गरेर अधिवेशनको प्रचार प्रसार गर्ने निणर्य गरेको हो ।

प्रचारप्रसार उपसमितिको बैठकले प्रचार उपसमितिमा प्रेस चौतारीमा आबद्ध व्यक्तिहरुलाई थप गर्ने निणर्य गरेको छ । प्रचार प्रसारलाई व्यवस्थित बनाउनको लागि ईश्वर कुमार तामाङ, माधव पोखरेल, अन्जनी अधिकारी, रेणु पराजुली लगाएत १५ जना सदस्यहरु थप गर्ने निणर्य गरिएको सयोजक खड्काले जानकारी दिनुभयो । बैठकले नवौं जिल्ला अधिवेशनको लोगो निर्माण गर्न तुलसी प्रसाद कोईरालाई जिम्मेवारी दिने समेत निणर्य गरेको छ ।

चैत १३ गते उद्घाटन हुने अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्माओलीले उद्घाटन गर्ने तय भएको जनाईएको छ । जिल्ला भर प्रतिनिधी छनौटको कार्य सम्पन्न भएसगै नेतृत्वमा दावी गर्ने नेताहरुले सक्रियता बढाएका छन ।

प्रकाशित मिति : २०८०, ९ चैत्र शुक्रबार  ७ : १८ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको