२०८३, १४ असार सोमबार

एमाले उदयुरको नवौं जिल्ला अधिवेशनको तयारी तिब्र, ६ सय प्रनितिधी छनौट सम्पन्न

एमाले उदयुरको नवौं जिल्ला अधिवेशनको तयारी तिब्र, ६ सय प्रनितिधी छनौट सम्पन्न


उदयपुर । आगामी १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा भएको छ । आसन्न जिल्ला अधिवेशनको लागि ७५ वटा वडा र २३ वटा जनसंगठनबाट ६ सय ३ जना प्रतिनिधी छनौट सम्पन्न भई सकेको उप सचिव भरत बहादुर थापाले बताउनु भयो ।

‘चैत ६ गते सबै कमिटीबाट प्रतिनिधी छनौट भई सकेको छ’ उपसचिव थापाले भन्नु भयो ‘छनौट भएर आएका प्रतिनिधीहरुको अभिलेख राख्ने कार्य भईरकेको छ ।’ अधिवेशन सम्पन्न गर्नका लागि गाईघाट पिपल चौक स्थित एवान होटलको माथिल्लो तल्लामा सम्पर्क कार्यालय स्थापना गरेर प्रतिनिधी व्यवस्थापन लगाएतका सबै कार्यहरु सुरु गरिएको छ । प्रतिनिधी छनौट बाहेक अधिवेशनको लागि गठन भएका विभिन्न उपसमितिले समेत आफ्नो कार्य प्रारम्भ गरेको छ ।

जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन भएको छ । बुधबार प्रचारप्रसार समितिको बैठक बसेर नवौं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि प्रचार प्रसारलाई व्यापक बनाउने निणर्य गरेको छ । प्रचार प्रसार उपसमितिका संयोजक भरत खड्काको अध्यक्षतामा बसेको बैठकले अधिवेशन भर मिडिया डेक्स स्थापना गरेर अधिवेशनको प्रचार प्रसार गर्ने निणर्य गरेको हो ।

प्रचारप्रसार उपसमितिको बैठकले प्रचार उपसमितिमा प्रेस चौतारीमा आबद्ध व्यक्तिहरुलाई थप गर्ने निणर्य गरेको छ । प्रचार प्रसारलाई व्यवस्थित बनाउनको लागि ईश्वर कुमार तामाङ, माधव पोखरेल, अन्जनी अधिकारी, रेणु पराजुली लगाएत १५ जना सदस्यहरु थप गर्ने निणर्य गरिएको सयोजक खड्काले जानकारी दिनुभयो । बैठकले नवौं जिल्ला अधिवेशनको लोगो निर्माण गर्न तुलसी प्रसाद कोईरालाई जिम्मेवारी दिने समेत निणर्य गरेको छ ।

चैत १३ गते उद्घाटन हुने अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्माओलीले उद्घाटन गर्ने तय भएको जनाईएको छ । जिल्ला भर प्रतिनिधी छनौटको कार्य सम्पन्न भएसगै नेतृत्वमा दावी गर्ने नेताहरुले सक्रियता बढाएका छन ।

प्रकाशित मिति : २०८०, ९ चैत्र शुक्रबार  ७ : १८ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण