२०८२, १८ मंसिर बिहीबार

एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशन प्रतिनिधि छनोटको काम सुरु, अनलाइनबाटै विवरण भर्नुपर्ने

एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशन प्रतिनिधि छनोटको काम सुरु, अनलाइनबाटै विवरण भर्नुपर्ने


चौतारा । चैत १६ देखि १८ सम्म हुने नेकपा एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु छनोट हुन थालेका छन् । शनिबार सम्म प्राय सबै पालिकाबाट प्रतिनिधि छनोटको काम सकिने प्रतिनिधि व्यवस्थापन समितिका संयोजक एवम एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

प्रतिनिधि छनोटको काम चैत ७ गते देखि नै सुरु भएको थियो । १० गते सम्म सबै वडाबाट प्रतिनिधि छनोट को काम सकिने छ,जिल्ला अध्यक्ष नेपालले भने त्यसपछि प्रतिनिधि व्यवस्थापनको काम सुरु हुन्छ । एमाले सिन्धुपाल्चोकको अधिवेशनमा पहिलो पटक प्रतिनिधिहरुको व्यवस्थापन अनलाईनबाट गरिन लागेको छ । मोबाइलमा भएको एप्लीकेशन मार्फत छनोट भएका प्रतिनिधिहरुले आफ्नो विवरण भरेपछि भरेको विवरण यकिन गरेर त्यसलाई प्रतिनिधि मुल व्यवस्थापन समितिले आधिकारीकता प्रदान गर्ने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

१२ पालिकाको १०३ वडाबाट छनोट भएका प्रतिनिधिहरुले एमालेले अधिवेशनका लागि तयार पारेको लिकमा क्लीक गरेर त्यहाँ दिएको विवरण भर्नुपर्ने व्यवस्था अनलाईनमा गरिएको छ । सुरुमा अटो साइजको फोटो अपलोड भनिएको ठाउँमा क्लिक गरेपछि मोबाइल स्टोरमा भएको फोटो देखाउँछ । त्यहाँ क्लिक गरेपछि फोटो अपलोड हुन्छ । फोटो नजिकबाट खिचिएको स्पष्ट अनुहार देखिने हुनुपर्छ । फोटोलाई क्रप गर्ने व्यवस्था छ समेत अनलाईन सिष्टममा गरिएको छ । फोटो अपलोड भएपछि नेपालीमा आफ्नो नाम लेख्नु पर्छ । जन्म मितिमा क्लिक गर्ने वित्तिकै क्यालेन्डर आउँछ । त्यसैबाट सर्च गरेर सालमा क्लिक गर्नु पर्छ । त्यहाँ आफ्नो जन्मको सालमा क्लिक गरेपछि महिना र गते भर्नुपर्छ । ‘ओके’मा क्लिक गरेपछि जन्म मिति भरिन्छ । त्यसपछि मोबाइल नम्बर र लिङ्ग भर्नु पर्छ । प्रतिनिधित्व गरेको कमिटीमा क्लिक गरेपछि भूगोल, जनसङ्गठन, जिल्ला सल्लाहकार, सम्पर्क मञ्च, उत्पीडित र मनोनीत भन्ने ‘अप्सन’ देखाउँछ । आफू कहाँबाट प्रतिनिधि भएको हो त्यहाँ क्लिक गर्नुपर्छ । त्यसपछि खुल्ला वा महिला भनेर पनि आउन सक्छ । त्यो छानेपछि पालिका छान्नु पर्छ र वडा नम्बर टाइप गर्नुपर्छ ।
आफ्नो विवरण सही छ भन्ने पक्का गरेपछि पेस गर्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नुपर्छ । त्यस पश्चात् आफूले पेस गरेको मोबाइल नम्बरमा ६ अङ्कको ‘ओटिपी कोड’ एसएमएस सन्देशमा आउँछ । कोड मागेको ठाउँमा उक्त कोड राखेपछि ‘तपाईँको विवरण प्राप्त भयो, स्वीकृत भएपछि एसएमएस मार्फत जानकारी गराइनेछ’ भन्ने जानकारी आउने छ ।

सवै विवरण अनलाईन सिष्टममा अपलोड भएपछि त्यही विवरणको आधारमा डिजीटल कार्ड बन्ने र प्रतिनिधिहरु बन्द सत्र र निर्वाचनमा सहभागी हुदा कार्ड स्क्यान गरेर मात्रै हल भित्र पस्न र बन्द सत्रमा सहभागी हुन पाउने प्रतिनिधि व्यवस्थापन समितिका संयोजक एवम जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए

प्रकाशित मिति : २०८०, ९ चैत्र शुक्रबार  ६ : ५३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको