२०८३, ३१ भाद्र बिहीबार

एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशन प्रतिनिधि छनोटको काम सुरु, अनलाइनबाटै विवरण भर्नुपर्ने

एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशन प्रतिनिधि छनोटको काम सुरु, अनलाइनबाटै विवरण भर्नुपर्ने


चौतारा । चैत १६ देखि १८ सम्म हुने नेकपा एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु छनोट हुन थालेका छन् । शनिबार सम्म प्राय सबै पालिकाबाट प्रतिनिधि छनोटको काम सकिने प्रतिनिधि व्यवस्थापन समितिका संयोजक एवम एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

प्रतिनिधि छनोटको काम चैत ७ गते देखि नै सुरु भएको थियो । १० गते सम्म सबै वडाबाट प्रतिनिधि छनोट को काम सकिने छ,जिल्ला अध्यक्ष नेपालले भने त्यसपछि प्रतिनिधि व्यवस्थापनको काम सुरु हुन्छ । एमाले सिन्धुपाल्चोकको अधिवेशनमा पहिलो पटक प्रतिनिधिहरुको व्यवस्थापन अनलाईनबाट गरिन लागेको छ । मोबाइलमा भएको एप्लीकेशन मार्फत छनोट भएका प्रतिनिधिहरुले आफ्नो विवरण भरेपछि भरेको विवरण यकिन गरेर त्यसलाई प्रतिनिधि मुल व्यवस्थापन समितिले आधिकारीकता प्रदान गर्ने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

१२ पालिकाको १०३ वडाबाट छनोट भएका प्रतिनिधिहरुले एमालेले अधिवेशनका लागि तयार पारेको लिकमा क्लीक गरेर त्यहाँ दिएको विवरण भर्नुपर्ने व्यवस्था अनलाईनमा गरिएको छ । सुरुमा अटो साइजको फोटो अपलोड भनिएको ठाउँमा क्लिक गरेपछि मोबाइल स्टोरमा भएको फोटो देखाउँछ । त्यहाँ क्लिक गरेपछि फोटो अपलोड हुन्छ । फोटो नजिकबाट खिचिएको स्पष्ट अनुहार देखिने हुनुपर्छ । फोटोलाई क्रप गर्ने व्यवस्था छ समेत अनलाईन सिष्टममा गरिएको छ । फोटो अपलोड भएपछि नेपालीमा आफ्नो नाम लेख्नु पर्छ । जन्म मितिमा क्लिक गर्ने वित्तिकै क्यालेन्डर आउँछ । त्यसैबाट सर्च गरेर सालमा क्लिक गर्नु पर्छ । त्यहाँ आफ्नो जन्मको सालमा क्लिक गरेपछि महिना र गते भर्नुपर्छ । ‘ओके’मा क्लिक गरेपछि जन्म मिति भरिन्छ । त्यसपछि मोबाइल नम्बर र लिङ्ग भर्नु पर्छ । प्रतिनिधित्व गरेको कमिटीमा क्लिक गरेपछि भूगोल, जनसङ्गठन, जिल्ला सल्लाहकार, सम्पर्क मञ्च, उत्पीडित र मनोनीत भन्ने ‘अप्सन’ देखाउँछ । आफू कहाँबाट प्रतिनिधि भएको हो त्यहाँ क्लिक गर्नुपर्छ । त्यसपछि खुल्ला वा महिला भनेर पनि आउन सक्छ । त्यो छानेपछि पालिका छान्नु पर्छ र वडा नम्बर टाइप गर्नुपर्छ ।
आफ्नो विवरण सही छ भन्ने पक्का गरेपछि पेस गर्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नुपर्छ । त्यस पश्चात् आफूले पेस गरेको मोबाइल नम्बरमा ६ अङ्कको ‘ओटिपी कोड’ एसएमएस सन्देशमा आउँछ । कोड मागेको ठाउँमा उक्त कोड राखेपछि ‘तपाईँको विवरण प्राप्त भयो, स्वीकृत भएपछि एसएमएस मार्फत जानकारी गराइनेछ’ भन्ने जानकारी आउने छ ।

सवै विवरण अनलाईन सिष्टममा अपलोड भएपछि त्यही विवरणको आधारमा डिजीटल कार्ड बन्ने र प्रतिनिधिहरु बन्द सत्र र निर्वाचनमा सहभागी हुदा कार्ड स्क्यान गरेर मात्रै हल भित्र पस्न र बन्द सत्रमा सहभागी हुन पाउने प्रतिनिधि व्यवस्थापन समितिका संयोजक एवम जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए

प्रकाशित मिति : २०८०, ९ चैत्र शुक्रबार  ६ : ५३ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण