काठमाडौं । भारतको राजधानी डिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रहरीले पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार उनलाई मदिरा घोटाला पक्ररणमा इन्फोर्समेन्ट डायरेक्टोरेट ईडीले केजरीवाललाई पक्राउ पक्राउ गरेको हो ।
ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो । उनले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए ।
प्रतिक्रिया