२०८३, ६ बैशाख सोमबार

उद्योगपति विनोद चौधरी श्रीलङ्का उडे : बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान जारी

उद्योगपति विनोद चौधरी श्रीलङ्का उडे : बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान जारी


काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तानिएका नेपाली कांग्रेसका सांसद तथा अर्बपति उद्योगपति विनोद चौधरी श्रीलङ्का उडेका छन् ।

बाँसबारी जग्गा प्रकरणमा आज बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी र सरकारी वकिल कार्यालयमा बयान दिएपछि चौधरी आजै दिउँसो श्रीलङ्गा उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी दिउँसो १ः५७ को श्रीलङ्कन एयरलाइन्सको विमानमार्फत श्रीलङ्काको राजधानी कोलम्बो गएका हुन् । उनी नियमित कामको शिलशिलमा त्यहाँ गएको बताइएको छ ।

गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएका थिए । बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि चौधरीका भाइ समेत रहेका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर यो प्रकरणमा अनुसन्धान अघि बढाइएको थियो । तर, उनी अदालतको आदेशबाट रिहा भएका थिए । यस्तै सीआइबीले बसन्त चौधरीसँग पनि बयान लिएको छ ।

आज बिहान चौधरी आफै सीआईबीको कार्यालयमा पुगेका थिए । त्यस लगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिइएको थियो । हिजो सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै बाँसबारी जग्गा प्रकरणमा चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  ७ : २९ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ