२०८२, ९ भाद्र मंगलबार

उद्योगपति विनोद चौधरी श्रीलङ्का उडे : बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान जारी

उद्योगपति विनोद चौधरी श्रीलङ्का उडे : बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान जारी


काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तानिएका नेपाली कांग्रेसका सांसद तथा अर्बपति उद्योगपति विनोद चौधरी श्रीलङ्का उडेका छन् ।

बाँसबारी जग्गा प्रकरणमा आज बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी र सरकारी वकिल कार्यालयमा बयान दिएपछि चौधरी आजै दिउँसो श्रीलङ्गा उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी दिउँसो १ः५७ को श्रीलङ्कन एयरलाइन्सको विमानमार्फत श्रीलङ्काको राजधानी कोलम्बो गएका हुन् । उनी नियमित कामको शिलशिलमा त्यहाँ गएको बताइएको छ ।

गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएका थिए । बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि चौधरीका भाइ समेत रहेका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर यो प्रकरणमा अनुसन्धान अघि बढाइएको थियो । तर, उनी अदालतको आदेशबाट रिहा भएका थिए । यस्तै सीआइबीले बसन्त चौधरीसँग पनि बयान लिएको छ ।

आज बिहान चौधरी आफै सीआईबीको कार्यालयमा पुगेका थिए । त्यस लगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिइएको थियो । हिजो सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै बाँसबारी जग्गा प्रकरणमा चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  ७ : २९ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको