२०८३, ८ बैशाख बुधबार

सप्तरीमा बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

सप्तरीमा बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या


सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–३ नयाँवस्तीका ४५ वर्षीय हिराइ सदालाई उनकै छोरा २२ वर्षीय लालदेब सदाले चैत ७ गते बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
छिमेकीहरुसँग झैझगडा नगर्न र मिलेर बस्न भनी सम्झाउँदा आवेशमा आएका आरोपितले बञ्चरो प्रहार गरेको छिमेकीहरुले जनाएको वडा सदस्य रमेश थापाले जानकारी दिनुभयो ।

दुई जना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा चैत ५ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा रहेका लालदेब चैत ६ गते मात्रै छुटेर घर आएका थिए । स्थानीयवासीका अनुसार करिव २४ घण्टा प्रहरी हिरासतमा रहेर छुटेका आरोपितले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको जनाईएको छ ।

स्थानीयवासीका अनुसार बुबा हिराइ र ठुलोबुबा ५५ वर्षीय दशन सदाले लालदेबलाई झैझगडा नगर्न भनी सम्झाइरहेका थिए । बुबालाई बञ्चरोले प्रहार गरेपछि आरोपितले ठुलो बुबा दशन सदालाई समेत आक्रमण गरे । दशनको हात, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाँटीमा बञ्चरो प्रहारले हिराईको घटनास्थलमै मृत्यु भएको छ भने दशन घाइते भएका छन् । घाइते दशनको सप्तकोशी नगरपालिकाको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हत्या आरोपित लालदेवलाई प्रहरीले बञ्चरोसहित चैत ७ गते गिरफ्तार गरेको छ । ईन्सेक अनलाईन , मनोहरकुमार पोखरेल

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  ७ : ४२ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले