२०८३, ७ कार्तिक शनिबार

सप्तरीमा बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

सप्तरीमा बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या


सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–३ नयाँवस्तीका ४५ वर्षीय हिराइ सदालाई उनकै छोरा २२ वर्षीय लालदेब सदाले चैत ७ गते बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
छिमेकीहरुसँग झैझगडा नगर्न र मिलेर बस्न भनी सम्झाउँदा आवेशमा आएका आरोपितले बञ्चरो प्रहार गरेको छिमेकीहरुले जनाएको वडा सदस्य रमेश थापाले जानकारी दिनुभयो ।

दुई जना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा चैत ५ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा रहेका लालदेब चैत ६ गते मात्रै छुटेर घर आएका थिए । स्थानीयवासीका अनुसार करिव २४ घण्टा प्रहरी हिरासतमा रहेर छुटेका आरोपितले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको जनाईएको छ ।

स्थानीयवासीका अनुसार बुबा हिराइ र ठुलोबुबा ५५ वर्षीय दशन सदाले लालदेबलाई झैझगडा नगर्न भनी सम्झाइरहेका थिए । बुबालाई बञ्चरोले प्रहार गरेपछि आरोपितले ठुलो बुबा दशन सदालाई समेत आक्रमण गरे । दशनको हात, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाँटीमा बञ्चरो प्रहारले हिराईको घटनास्थलमै मृत्यु भएको छ भने दशन घाइते भएका छन् । घाइते दशनको सप्तकोशी नगरपालिकाको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हत्या आरोपित लालदेवलाई प्रहरीले बञ्चरोसहित चैत ७ गते गिरफ्तार गरेको छ । ईन्सेक अनलाईन , मनोहरकुमार पोखरेल

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  ७ : ४२ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट