२०८३, ७ कार्तिक शनिबार

केयू मातहत रहन उपत्यकाका ६ निजी तथा सामुदायिक अस्पतालले पठाए प्रस्ताव

केयू मातहत रहन उपत्यकाका ६ निजी तथा सामुदायिक अस्पतालले पठाए प्रस्ताव


काठमाडौं । काठमाडौं उपत्यकाका ६ निजी तथा सामुदायिक अस्पतालले काठमाडौं विश्वविद्यालय केयू सँग सहकार्य गर्न प्रस्ताव पठाएका छन् । १८ फागुनमा केयूले अस्पताल सेवा र विस्तारका लागि काठमाडौंको चक्रपथभित्र र बाहिरको एक किलोमिटर क्षेत्रमा रहेका १०० शय्याको अस्पतालसँग खरिद, लिज वा करारमा प्राप्त गर्नका प्रस्ताव माग गरेको थियो ।

केयू उच्च स्रोेतका अनुसार भक्तपुर र ललितपुरको एक÷एक र काठमाडौंका चार वटा अस्पतालले प्रस्ताव पेश गरेका छन् । काठमाडौंको तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेशनल हस्पिटल, पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, बसुन्धरास्थित महेन्द्रनारायण निधि सामुदायिक अस्पताल र चुच्चेपाटीस्थित स्तुपा अस्पताल, भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले प्रस्ताव पठाएको केयू उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

ती अस्पतालहरुको प्रस्ताव अध्ययनका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा। मनोज हुमागाईको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति बनाइएको छ । समितिले प्रस्तावहरु अध्ययन गरेर केयूलाई राय दिनेछ । संयोजक डा। हुमागाईंले केही अस्पतालबाट प्रस्ताव आएको पुष्टि गरे पनि संख्या खुलाउन अस्वीकार गरे ।

‘केही अस्पतालबाट प्रस्ताव आएका छन् । तर फाइल हामीले खोलेका छैनौं’, उनले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रमा हामीले विस्तृत अध्ययन गरेर केयूलाई राय पेश गर्छौं ।’

प्रकाशित मिति : २०८०, ७ चैत्र बुधबार  ९ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना