२०८३, २२ आश्विन शुक्रबार

अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुदैछ

अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुदैछ


धनगढी। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेकोबताउनु भएको छ ।

प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘रवी लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले आफु प्रधानमन्त्री भएको बेला शेर बहादुर तामाङ र गोकुल बास्कोटाको प्रसंग उल्लेख थप्नुभयो, ‘मैले बोलाई चिप्लेकै कारण शेर बहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झण्डा हल्लाउदै अख्तियार गएका थिए, सबैले देखेको होईन, अनी अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’

उहाँले काँग्रेसले सरकार छोडनुपरेको पिडामा छाति पिटिरहेको ब्यंग्यसमेत गर्नुभयो । ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पिडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाति पिटेर रुदै के भन्छ ? त्यसलाई धेरै महत्व दिईराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरुले राखेका जिज्ञासामा कानूनअनुसार हूने बताउनु भयो ।’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन । माओवादीका नेता पक्राउ पर्दैनन तर अनुसन्धानभीत्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुस्टि भएको बताउनु भयो । ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर काँग्रेसले २ महिला ढिलो गरिदियो’अध्यक्ष ओलीले भन्नुभयो ।

एक अर्को प्रशंगमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्डनै प्रधानमन्त्री हुने संकेत गर्नुभयो । पत्रकारहरुको जिज्ञासामा ओलीले भन्नुभयो, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरु कोई तयार भएको छैन । उहाँले (प्रचण्ड)ले नै खानुहोला जस्तो पो देखिएको छ त।’

नयाँ गठबन्धनलाई बाग्मती, गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ । प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समिकरण बारे पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा ओलीले भन्नुभयो, ‘अहिले त्यस बारेमा म केही नभनौं । किनकी मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुदैन ।’

प्रकाशित मिति : २०८०, ६ चैत्र मंगलबार  १२ : ३२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य