२०८३, ११ कार्तिक बुधबार

गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएका थप १६ नेपालीको मृत्यु

गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएका थप १६ नेपालीको मृत्यु


काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भएपनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ ।

मृत्यु हुनेमा १६ जनामध्ये तीन जनाको ठेगाना खुलेको छैन । परराष्ट्र मन्त्रालयलको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार दाङका जितबहादुर पुनमगर, तेह्रथुमका टीकाबहादुर रानामगर, प्युठानका सोमेश सुनार, बाँकेका चन्द्रप्रकाश बीसी, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमकुमार भुजेल, धनुषाका विमलकुमार गजमेर, मकवानपुरका विजयबहादुर थोकर, मोरङका गयानन्द साह, विकास राई, घनश्याम शाही, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बिसीको मृत्यु भएको रुसको विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासलाई विवरण बुझाएको छ ।

मृत्यु हुने अन्यमा अभिषेक बुढा, क्षितिज बस्नेत, जितबहादुर घिसिङ छन् । पत्रमा उनीहरुको ठेगाना नखुलेको पौडेलले बताए । रुसी सेनामा गएर सम्पर्कमा नआएका भनेर पाँच सयभन्दा बढी परिवारले खोजिदिन आग्रह गर्दै आवेदन दिएको पौडेलले जानकारी दिए ।

‘रुसी सेनामा भर्ती भएका अन्य नेपालीको जानकारी लिन काम मस्कोस्थित नेपाली दूतावासमार्फत भइरहेको छ । त्यहाँ रहेका नेपालीको अवस्था,कति भर्ती भएका छन्, कति हताहत भएका छन् र कति घाइते छन् भनेर तथ्यांक लिने काम भइरहेको छ,’ उनले भने । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । परराष्ट्रले यसअघि नै २० जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।

यसअघि ज्यान गुमाउने २० नेपाली
स्याङ्जाका हरिप्रसाद अर्याल
कैलालीका भरतबहादुर शाह
धादिङका राजकुमार गिरी
गोरखाका सन्दीप थपलिया
कपिलवस्तुका रुपक कार्की
कास्कीका दिवान राई
स्याङ्जाका प्रितम कार्की
दोलखाका राजकुमार रोका
इलामको गंगाराज मोक्तान
कुन्दन सिंह नागल
प्युठानका सोनु सुनार
कपिलवस्तुका रुपक कार्की
लमजुङका साजन गुरुङ
रसुवाका सुन्दर मोक्तान
धादिङका पूर्णबहादुर गुरुङ
जाजरकोटका नवीन शाही
उदयपुरका पदमबहादुर घिमिरे
झापाका गंगाराम अधिकारी
बागलुङका जीतबहादुर विक
बाँकेका सञ्जय केसी

प्रकाशित मिति : २०८०, ६ चैत्र मंगलबार  १२ : २२ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा