२०८३, ३१ भाद्र बिहीबार

रेशमले स्टाटस लेख्दा सँगै थियौं अब कुनै विवाद छैन : अध्यक्ष रञ्जिता

रेशमले स्टाटस लेख्दा सँगै थियौं अब कुनै विवाद छैन : अध्यक्ष रञ्जिता


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुराले परिवार नफुट्ने स्पष्ट पारेकी छिन् । बुधबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने दावी गरेकी हुन् ।

श्रेष्ठले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक भएको पनि बताएकी छिन् । उनका श्रीमान समेत रहेका पार्टीका संस्थापक रेशम चौधरीले फेसबुकमा स्टाटस लेख्दा आफू पनि सँगै रहेको श्रेष्ठको भनाइ छ । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए ।

अध्यक्ष रञ्जिताले पार्टी संरक्षक रेशम चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णयमा सहमति जनाएको दावी समेत गरेकी छन् । मंगलबार श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिन ह्विप लगाएकी थिइन् । तर, संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेशमा बरु संवाद गर्न सकिने भए पनि केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिन नहुने र प्रतिपक्षमा बस्नु पर्नेलगायत दुई बुँदे निर्णय गरेका थिए । श्रेष्ठ र चौधरीबीचको विवादले अन्योल बनेको थियो ।

प्रकाशित मिति : २०८०, ३० फाल्गुन बुधबार  ७ : ५६ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण