२०८३, २० आश्विन बुधबार

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि कांग्रेसका युवराज शर्मा र गठबन्धनबाट माओवादी केन्द्रका नारायणप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बानेश्वरस्थित संसद् भवनमा पुगेर दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखर कुमार सिंह रहेका छन् ।
यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरे पनि नयाँ सत्ता समीकरणपछि कांग्रेसले शर्मालाई अघि सारेको छ ।
यस्तै, दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ । अध्यक्ष चयनका लागि राष्ट्रिय सभा निर्वाचन भोली हुँदैछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसापका ३, लोसपा र राजमोका एक–एक सदस्य छन् ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  १२ : २० बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय