२०८३, २२ आश्विन शुक्रबार

रास्वपा केन्द्रीय समितिको बैठक: उपनिर्वाचनबारे छलफल हुँदै

रास्वपा केन्द्रीय समितिको बैठक: उपनिर्वाचनबारे छलफल हुँदै


काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । सभापति रवि लामिछानेले आगामी वैशाख १५ गते हुने उप-निर्वाचनबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठक बालाजुस्थित केन्द्रीय कार्यालयमा सोमबार मध्यान्ह १२ बजेदेखि बस्ने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुने छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम-२ र बझाङ-१ (१) मा उपनिर्वाचनको मिति तोकेको छ ।

नयाँ सत्ता समिकरणमा गृहमन्त्रीसहित चार वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको रास्वपाभित्र वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि एमालेबाट उठाउने उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएकाले उक्त पद रिक्त छ । यस्तै, बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा निर्वाचन आयोगले १५ वैशाखमा उपनिर्वाचन गर्न लागेको हो ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  ९ : ३३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य