२०८२, ९ भाद्र मंगलबार

राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने

राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित आक्रमण भएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको बताएका छन् ।

आइतबार बिहान पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा पार्टी कार्यालय धुम्वाराहीमा श्रेष्ठमाथि आक्रमणको घटना भएको थियो । घटनापछि अध्यक्ष लिङ्देनले पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएका भएको भन्दै बैठकले त्यसप्रति खेद प्रकट उल्लेख गरे ।

‘झडपको कुरा आयो, त्यो अप्रत्यासित रुपमा भयो । किन भयो भन्ने खोजी भइरहेको छ । राजनीतिक पदाधिकारीको प्रसंगभन्दा अलग भएकाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौं । बैठकले त्यसप्रति खेद प्रकट गरेको छ,’ अध्यक्ष लिङ्देनले सञ्चारकर्मीसँग भने, ‘पार्टी कार्यालयभित्र पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएको छ । सीसीटीभी, सञ्चारमाध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत बैठकमा निर्णय भइसकेको छ ।’

यसअघि पार्टीको बैठकमा श्रेष्ठले पूर्वमन्त्री समेत रहेका विक्रम पाण्डेलाई भ्रष्टचारीको संज्ञा दिँदै कडारुपमा आलोचना गरेका थिए । श्रेष्ठले आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए । पाण्डे बाहिरिएपछि केही समयका लागि बैठक स्थगित भएको थियो । स्थगित बैठकबाट बाहिर निस्कन लाग्दा श्रेष्ठमाथि आक्रमण भएको हो ।

घटनामा ठाकुरमोहनको जिउमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ८ : ४९ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको