२०८२, १९ मंसिर शुक्रबार

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने

कांग्रेस भर्सेस गठबन्धन : कस्तो छ अंकगणित ?


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण फेरेसँगै गठबन्धनको कांग्रेसभित्र हार्ने निश्चित हुँदाहुँदै सिनियर नेतालाई अघि सार्न नहुने दबाब बढेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको हो । त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र राष्ट्रिय सभा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको जोशीले बताए ।

कांग्रेस भर्सेस गठबन्धन : कस्तो छ अंकगणित ?

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल  हो । एमालेबाट १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।

यसरी वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत झर्छ । तर राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि २९ संसदको मत मात्र चाहिन्छ । यता विपक्षमा १९ मत मात्र छ । एक सांसदलाई राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ । त्यो नियुक्त गर्ने पात्र नयाँ गठबन्धनले अगाडि सारेको छैन ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ७ : ४५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको