२०८३, २२ आश्विन शुक्रबार

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने

कांग्रेस भर्सेस गठबन्धन : कस्तो छ अंकगणित ?


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण फेरेसँगै गठबन्धनको कांग्रेसभित्र हार्ने निश्चित हुँदाहुँदै सिनियर नेतालाई अघि सार्न नहुने दबाब बढेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको हो । त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र राष्ट्रिय सभा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको जोशीले बताए ।

कांग्रेस भर्सेस गठबन्धन : कस्तो छ अंकगणित ?

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल  हो । एमालेबाट १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।

यसरी वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत झर्छ । तर राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि २९ संसदको मत मात्र चाहिन्छ । यता विपक्षमा १९ मत मात्र छ । एक सांसदलाई राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ । त्यो नियुक्त गर्ने पात्र नयाँ गठबन्धनले अगाडि सारेको छैन ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ७ : ४५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य