२०८३, १० श्रावण सोमबार

नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ गयो, जनमतको अपमान भयो : प्रमुख सचेतक लेखक

नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ गयो, जनमतको अपमान भयो : प्रमुख सचेतक लेखक


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको मूल्य मान्यताविपरीत एकतर्फीरूपमा गठबन्धन टुटाएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि समेत कुठाराघात गरेको आरोप लगाए ।

‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो’ उनले भने, ‘जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं ।’

उनले जनता र संविधानमाथि समेत प्रधानमन्त्रीले कुठाराघात गरेको बताए । उनले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको बताए ।

प्रकाशित मिति : २०८०, २४ फाल्गुन बिहीबार  २ : ३५ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक