२०८२, १२ पुस शनिबार

प्रदेशस्तरीय नेशनल टी–२० क्रिकेट भोलिदेखि

प्रदेशस्तरीय नेशनल टी–२० क्रिकेट भोलिदेखि


विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

क्रिकेट संघ मोरङको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप हुने भएको हो । उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहने जनाइएको छ ।

क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीका अनुसार विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहनेछ । उनका अनुसार दैनिक २ वटा खेलहरु हुने छन् । पहिलो खेल बिहान १० र दोस्रो दिउँसो २ बजेबाट हुने जनाइएको छ ।

विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार पाउने जानकारी उनले दिए ।

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : ३९ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको