२०८३, १४ कार्तिक शनिबार

एमालेद्वारा कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग

एमालेद्वारा कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग


विराटनगर । केन्द्रीय राजनीतिमा फरक गठबन्धन निर्माण भएर सत्ता समीकरण फेरिएको असर प्रदेशमा पनि पर्न थालेको छ ।केन्द्रमा संघीय सरकार र प्रदेश सरकारको नेतृत्वमा पनि आलोपालो गर्ने सहमति बनेपछि यसको असर प्रदेशसम्म आइपुगेको हो ।

यसै क्रममा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेको छ । गत असोज २७ गते एमालेका ३९ सांसद र आफ्ना दलबाट विद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री बन्न सफल भएका थिए । कार्कीलाई पछि उनकै पार्टी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएका थिए ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा मागेको हो । एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

केन्द्रमा गठबन्धन भत्किएपछि कार्की अल्पमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भण्डारीले बताए ।

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : २० बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा