२०८३, ३१ भाद्र बिहीबार

नेवि संघमा विवाद : कोइराला र थापा समूहको भेला, मनोमानी विरुद्ध संघर्ष गर्ने घोषणा

नेवि संघमा विवाद : कोइराला र थापा समूहको भेला, मनोमानी विरुद्ध संघर्ष गर्ने घोषणा


काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघका इतर पक्षका नेताहरुले संस्थापन समूहले संगठनलाई एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौंको वाल्मीकि क्याम्पसमा भेला भएका डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकटका नेविसंघका नेताहरुले फरक मतलाई स्थान नदिई मनोमानी ढंगले संगठन चलाएको आरोप लगाए ।
नेविसंघको फाल्गुन १५ गतेलाई तय गरेको केन्द्रीय समिति बैठकपूर्व छलफलका क्रममा भेला भएका केन्द्रीय सदस्यहरुले केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले फरक मतलाई स्थान नदिई गुट चलाएको क्याम्पस र जिल्लाहरूमा मनोमानी तरिकाले नियुक्ति दिएको आरोप लगाए । केन्द्रीय सदस्य सुनिल शर्माका अनुसार भेलामा अध्यक्षको मनोमानीका सवालमा गम्भीर समीक्षा भएको जानकारी दिए ।
संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आव्हान गरिएको केन्द्रीय बैठकमा कसरी प्रस्तुत हुने वा मनोमानीविरुद्ध बैठक नै बहिष्कार गर्नेसम्मको छलफल भएको केन्द्रिय सदस्य शर्माले बताए । तर कतिपयले बैठकमा सहभागी भएर बलियो उपस्थिति जनाउनुपर्ने धारणा राखेका थिए ।
बाल्मीकि क्याम्पसमा भएको भेलामा केन्द्रीय सदस्यहरु, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति थियो । छलफलबाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने केन्द्रीय सदस्य इ.सुवास पौडेलले जानकारी दिए ।
२०७८ फाल्गुनमा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति र २०८० साउनमा ७१० केन्द्रीय सदस्य नियुक्ति भएपछि लगभग आठमहिनापछि पहिलो पटक फागुन १५ गतेलाई केन्द्रको पूर्ण बैठक आब्हान गरिएको छ ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ९ : २३ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण