२०८३, १० भाद्र बिहीबार

श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैन’ : सांसद विराज

श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैन’ : सांसद विराज


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएको विषयलाई राज्यले बेलैमा हल गनुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यको चौथो अंग आमसञ्चार माध्यममा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक नपाएको विषय उठेको हो । राज्यले समयमै श्रमजीविका समस्या हल गर्न नसके देशमा लोकतन्त्र फस्टाउन नसक्ने रास्वपा सांसद श्रेष्ठको भनाई छ ।

‘श्रमजीवि पत्रकारहरुले झेल्दै आइरहेका समयमै पारिश्रमिक नपाउने समस्यालाई राज्यले बेलैमा हल गर्न सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन’ सांसद श्रेष्ठले भने ।

श्रेष्ठले राज्यको चौथो अंगमा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक पाउनु पर्ने होकि होइन ? भन्दै प्रश्न पनि गरे ।

श्रमजीवि पत्रकारहरुले पारिश्रमिक नपाएको विषय सञ्चारगृहहरुबाट सडकसम्म पुगेको बताएका श्रेष्ठले श्रमजीविको पारिश्रमिक बेलैमा उपलब्ध गराउने वातावरण बनाउन सरकार लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ४ : ३९ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री