२०८२, ४ फाल्गुन सोमबार

राजनीति सबै विधा मध्ये उत्कृष्ट विधा हो : नवराज सिलवाल

राजनीति सबै विधा मध्ये उत्कृष्ट विधा हो : नवराज सिलवाल


काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सचिव नवराज सिलवालले राजनीतिको उद्देश्य समाज परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप पार्टी स्कुल विभागले आइतबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सिलवालले राजनीति गर्ने मान्छे सङ्कीर्ण सोचबाट माथि उठ्नु पर्ने बताउनुभयो । ‘समाज परिवर्तनको महान् उद्देश्य राजनीतिमा हुनुपर्छ, सानातिना कुरमा अल्झिनु हुँदैन’, उहाँले भन्नुभयो ।

उहाँले राजनीति सबै विधा मध्येको उत्कृष्ट विधा भएकोले त्यसको मूल्य कायम राख्नु पर्ने बताउनुभयो । ‘राजनीति सबै विधाको उत्कृष्ट विधा हो, पद प्रमुख कुरा होइन, राजनीति गर्न आउने भनेको सबै कुरा छाडेर आउने हो, आवाज विहीनको आवाज लिएर आउने हो’, उहाँले भन्नुभयो ।

नेकपा एमाले पार्टी भित्र राजनैतिक, वैचारिक र मानसिक रूपमा केही समस्या रहेको बताउँदै उहाँले त्यही समस्या खोज्न र समाधान गर्न पार्टीमा वैचारिक प्रशिक्षण अघि बढाएको बताउनुभयो । वैचारिक रूपमा नेता कार्यकर्ता बलियो भएको पार्टी मात्र बलियो हुने उहाँको धारणा छ ।

अहिले राजनीतिबाट युवा पलायन भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । युवालाई राजनीतिमा नजोडी समाज परिवर्तन सम्भव नभएको उहाँले बताउनुभयो । युवा राजनीतिबाट निरपेक्ष हुँदा समाज परिवर्तन गर्न निक्कै गाह्रो हुने उहाँको धारणा छ ।

सिलवालले सुरक्षाको परिभाषा विगतको भन्दा फेरिएको बताउँदै बदलिँदो परिभाषा अनुसार देश अघि बढ्नु पर्ने बताउनुभयो । अहिले आर्थिक, सामाजिक सुरक्षा प्रमुख सुरक्षाको क्षेत्र रहेको उहाँले टिप्पणी गर्नुभयो । वर्तनमान गठबन्धन सरकारका कारण केही धनी मान्छे झन् धनी हुँदै गएका र गरिब झन् गरिब हुँदै जाने स्थिति आएको बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण र सुशासन अहिलेको मुख्य चुनौती रहेको उहाँले बताउनुभयो । यसकै परिणाम देश गम्भीर संकटमा परेको सिलवालको धारणा थियो ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ४ : १२ बजे

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.