२०८२, ९ माघ शुक्रबार

राजनीति सबै विधा मध्ये उत्कृष्ट विधा हो : नवराज सिलवाल

राजनीति सबै विधा मध्ये उत्कृष्ट विधा हो : नवराज सिलवाल


काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सचिव नवराज सिलवालले राजनीतिको उद्देश्य समाज परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप पार्टी स्कुल विभागले आइतबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सिलवालले राजनीति गर्ने मान्छे सङ्कीर्ण सोचबाट माथि उठ्नु पर्ने बताउनुभयो । ‘समाज परिवर्तनको महान् उद्देश्य राजनीतिमा हुनुपर्छ, सानातिना कुरमा अल्झिनु हुँदैन’, उहाँले भन्नुभयो ।

उहाँले राजनीति सबै विधा मध्येको उत्कृष्ट विधा भएकोले त्यसको मूल्य कायम राख्नु पर्ने बताउनुभयो । ‘राजनीति सबै विधाको उत्कृष्ट विधा हो, पद प्रमुख कुरा होइन, राजनीति गर्न आउने भनेको सबै कुरा छाडेर आउने हो, आवाज विहीनको आवाज लिएर आउने हो’, उहाँले भन्नुभयो ।

नेकपा एमाले पार्टी भित्र राजनैतिक, वैचारिक र मानसिक रूपमा केही समस्या रहेको बताउँदै उहाँले त्यही समस्या खोज्न र समाधान गर्न पार्टीमा वैचारिक प्रशिक्षण अघि बढाएको बताउनुभयो । वैचारिक रूपमा नेता कार्यकर्ता बलियो भएको पार्टी मात्र बलियो हुने उहाँको धारणा छ ।

अहिले राजनीतिबाट युवा पलायन भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । युवालाई राजनीतिमा नजोडी समाज परिवर्तन सम्भव नभएको उहाँले बताउनुभयो । युवा राजनीतिबाट निरपेक्ष हुँदा समाज परिवर्तन गर्न निक्कै गाह्रो हुने उहाँको धारणा छ ।

सिलवालले सुरक्षाको परिभाषा विगतको भन्दा फेरिएको बताउँदै बदलिँदो परिभाषा अनुसार देश अघि बढ्नु पर्ने बताउनुभयो । अहिले आर्थिक, सामाजिक सुरक्षा प्रमुख सुरक्षाको क्षेत्र रहेको उहाँले टिप्पणी गर्नुभयो । वर्तनमान गठबन्धन सरकारका कारण केही धनी मान्छे झन् धनी हुँदै गएका र गरिब झन् गरिब हुँदै जाने स्थिति आएको बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण र सुशासन अहिलेको मुख्य चुनौती रहेको उहाँले बताउनुभयो । यसकै परिणाम देश गम्भीर संकटमा परेको सिलवालको धारणा थियो ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ४ : १२ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको