२०८२, ३० बैशाख मंगलबार

सिन्धुलीमा रित्तियो क्रान्तिकारी माओवादी र मसालको सिंगो जिल्ला कमिटी, एमालेमा भए समाहित

सिन्धुलीमा रित्तियो क्रान्तिकारी माओवादी र मसालको सिंगो जिल्ला कमिटी, एमालेमा भए समाहित


सिन्धुली । सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।
कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र क्रान्तिकारी माओवादीको जिल्ला कमिटी एमाले सिन्धुलीमा समाहित भएको छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एक कार्यक्रमका बीच दुई पार्टीका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अविर तथा खादा लगाएर एमालेमा स्वागत गर्नुभएको हो ।
मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मसाल र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सिन्धुली जिल्ला कमिटी मरिणमा आयोजित कार्यक्रममा समाहित भएपछि पुरै जिल्ला कमिटी रित्तो भएको छ । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तवहादुर बिकको नेतृत्वमा सिंगो जिल्ला कमिटी एवम् चित्रवहादु केसी सम्बद्ध राष्ट्रिय जनमोर्चामा आवद्ध ४० भन्दा बढी नेताहरु माओवादीमा समाहित भएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमालेमा उचित जिम्मेवारी दिइने उपमहासचिव रिमालले बताउनुभयो ।
त्यसैगरी मोहन बैद्य नेतृत्वको बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन जरुरी रहेको निश्कर्ष निकाल्दै एमालेमा समाहित भएको हो ।
पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई सम्बोधनगर्दै उपमहासचिव रिमालले नेकपा एमाले कुनै ठाउँको र कुनै खास व्यक्तिले बनाएको आन्दोलन नभएको बताउँदै एमालेमा समाहित हुनेहरुलाई नेकपाको इतिहासलाई अझ बलियो बनाउने आफूहरुको चाहना भएको बताउनुभयो । उहाँले नेकपा स्थापनाको ७५ वर्ष मनाउँदै गर्दा तत्कालिन नेकपा निर्माणमा दक्षिणपन्थी अबसरवाद हाबी भएकाले टिक्न नसकेको बताउँदै त्यसको गंभीर समिक्षा गर्न आवश्यक भएको बताउनुभयो ।
नेकपा एमाले सिन्धुलीद्धारा शहिद ऋषि देवकोटाको ४३ औं स्मृति दिवशको अबसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रिमालले एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुभाष देवकोटालगायतले सम्बोधा गर्नुभएको थियो ।

सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र क्रान्तिकारी माओवादीको जिल्ला कमिटी एमाले सिन्धुलीमा समाहित भएको छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एक कार्यक्रमका बीच दुई पार्टीका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अविर तथा खादा लगाएर एमालेमा स्वागत गर्नुभएको हो ।
मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मसाल र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सिन्धुली जिल्ला कमिटी मरिणमा आयोजित कार्यक्रममा समाहित भएपछि पुरै जिल्ला कमिटी रित्तो भएको छ । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तवहादुर बिकको नेतृत्वमा सिंगो जिल्ला कमिटी एवम् चित्रवहादु केसी सम्बद्ध राष्ट्रिय जनमोर्चामा आवद्ध ४० भन्दा बढी नेताहरु माओवादीमा समाहित भएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमालेमा उचित जिम्मेवारी दिइने उपमहासचिव रिमालले बताउनुभयो । त्यसैगरी मोहन बैद्य नेतृत्वको बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन जरुरी रहेको निश्कर्ष निकाल्दै एमालेमा समाहित भएको हो ।
पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई सम्बोधनगर्दै उपमहासचिव रिमालले नेकपा एमाले कुनै ठाउँको र कुनै खास व्यक्तिले बनाएको आन्दोलन नभएको बताउँदै एमालेमा समाहित हुनेहरुलाई नेकपाको इतिहासलाई अझ बलियो बनाउने आफूहरुको चाहना भएको बताउनुभयो । उहाँले नेकपा स्थापनाको ७५ वर्ष मनाउँदै गर्दा तत्कालिन नेकपा निर्माणमा दक्षिणपन्थी अबसरवाद हाबी भएकाले टिक्न नसकेको बताउँदै त्यसको गंभीर समिक्षा गर्न आवश्यक भएको बताउनुभयो ।
नेकपा एमाले सिन्धुलीद्धारा शहिद ऋषि देवकोटाको ४३ औं स्मृति दिवशको अबसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रिमालले एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुभाष देवकोटालगायतले सम्बोधा गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ३ : १९ बजे

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई