२०८२, २२ चैत्र सोमबार

केपी ओली कप सुरु, विजेतालाई ११ लाख नगद

केपी ओली कप सुरु, विजेतालाई ११ लाख नगद


काठमाडौं । केपी ओली कप फुटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ ।

उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ ।

उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध्यक्ष क्षितिज थेबेले नेपालको खेलकुद जगतको विकास र खेलाडीहरुको पलायनको अन्त्यका लागि खेलको सुरुवात गरेको बताएका छन् ।

उनले भने, ‘नेपालको खेलकुद जगतको सम्पूर्ण विकासको लागि र खेलाडीहरुको पलायनको अन्त्यको लागि खेलको सुरुवात गरेका छौ । सकारात्मक सोचको विकास र राजनीतिलाई हेर्ने नजर परिवर्तन गर्नको लागि पनि यो खेल अगाडि बढाईरहेका छौं ।’

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्यूरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्रसहित सात टिम र दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजकगरी कुल १० टिमबिच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टिमले ११ लाख र दोस्रो हुनेले पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । उदघाटन समारोहमा पार्टीका नेता, कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारीलगायत उपस्थिति थिए ।

प्रकाशित मिति : २०८०, ११ फाल्गुन शुक्रबार  ७ : ५९ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर