२०८२, १९ मंसिर शुक्रबार

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव बैकुण्ठ अर्यालको राजीनामा

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव बैकुण्ठ अर्यालको राजीनामा


काठमाडौं । पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजिनामा मागेको छ ।
महासंघको चौथौ बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो । साथै उहाँले आरोपित द्वयलाई राजिनामा दिइ अनुसन्धालाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
महासंघको गत माघ २८ र २९ गते काठमाडौमा सम्पन्न राष्ट्रिय समिति बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । कार्यक्रममा ट्रेड युनियन माथि हस्तक्षेप गर्न समेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले निजामति कर्मचारीहरुलाई उनीहरुको पेशागत हक अधिकारबाट बन्चित गराउन नहुने बताउनुभयो । कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा महासंघका महासचिव केदार देवकोटाले भ्रष्टाचार नेपालमा क्यान्सर जसरी फैलिएको भन्दै त्यसकोे निमूर्लिकरणका लागि ‘एन्टीकरप्सन मुभमेन्ट एण्ड गुड गर्भर्नेन्स क्याम्पेन’ गर्न लागिएको जानकारी दिनुभयो । यसै गरी बालकुमारी हत्याकाण्डका दोषि नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

त्यस्तै एनसेल प्रकरण, ललिता निवास प्रकरणमा मुछिएकालाई बचाउन सरकार लागि परेको भन्दै उनले कानुन कार्यान्वयन गराउनु पर्ने बताए । नेपाल सरकाले कानुन र अस्थामा प्रहार गदै लुम्बिनिको रामग्रमको जग्गा लिजमा दिएको भन्दै सो कुरा सच्चाउन महासचिव देवकोटाले माग गर्नुभयो ।

प्रकाशित मिति : २०८०, १० फाल्गुन बिहीबार  ३ : ३२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको