२०८३, १४ कार्तिक शनिबार

घुससहित पक्राउ परेका वडाध्यक्ष बादे १५ लाख धरौटीमा रिहा

घुससहित पक्राउ परेका वडाध्यक्ष बादे १५ लाख धरौटीमा रिहा


काठमाडौं । काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादे धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष समेत रहेका टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख धरौटी लिएर बादेलाई तारेखमा छाड्न आदेश दिएको हो।

हिजो भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई बिगोबराबरको धरौटी रकम बुझाएर बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न सक्ने आदेश दिएको हो।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको थियो। अख्तियारले उनका विरूद्धमा माघ २६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २०८०, २९ माघ सोमबार  ११ : ३३ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा