२०८३, १४ असार सोमबार

घुससहित पक्राउ परेका वडाध्यक्ष बादे १५ लाख धरौटीमा रिहा

घुससहित पक्राउ परेका वडाध्यक्ष बादे १५ लाख धरौटीमा रिहा


काठमाडौं । काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादे धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष समेत रहेका टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख धरौटी लिएर बादेलाई तारेखमा छाड्न आदेश दिएको हो।

हिजो भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई बिगोबराबरको धरौटी रकम बुझाएर बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न सक्ने आदेश दिएको हो।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको थियो। अख्तियारले उनका विरूद्धमा माघ २६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २०८०, २९ माघ सोमबार  ११ : ३३ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण