२०८३, ८ बैशाख बुधबार

१ करोड ८२ लाख बराबरको नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

१ करोड ८२ लाख बराबरको नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


काठमाण्डौ । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट हिजो बरामद गरेको हो ।

भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए । भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको एसपी रेग्मीले बताए । प्रहरीले नक्कली नोट ल्याउने गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्करपियो गाडी रोकेको थियो । शङ्कास्पद अवस्थाको स्करपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद भएको हो ।

एसपी रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने सुनसरी प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : २०८०, २९ माघ सोमबार  ११ : २६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले