२०८२, ४ फाल्गुन सोमबार

अहिले देशमा गठबन्धन नामको ग्रहण लागेको छ : ओली

अहिले देशमा गठबन्धन नामको ग्रहण लागेको छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था निक्कै कमजोर बनेको बताउनुभएको छ ।
बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्थाको चर्चा गर्नु भनेको समय बरबाद गर्नु मात्रै भएको बताउनुभयो । गठबन्धनको कारण देश बरवादी तर्फ उन्मुख भएको ओलीका भनाई छ । ‘देश ओरालो लागेको छ’, ओलीले भन्नुभयो ।

विदेशमा गएका युवाले पठाएको रेमिट्यान्सले अहिले देश चलिरहेको ओलीले बताउनुभयो । यदि त्यो बन्द हुने हो भने देश बरबाद हुने उहाँले प्रष्ट पार्नुभयो । यस विषयमा गठबन्धनलाई बारम्बार सम्झाएको भए पनि यो सरकार त्यसमा जिम्मेवार नभएको ओलीको भनाइ छ ।

गठबन्धन सरकार देश बिनाउन नभई विकासको गति रोक्न बनेको ओलीले बताउनुभयो । ‘अहिले जुन गठबन्धन सरकार छ त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि बनेकै होइन, त्यो एमालेले देश बनाउँछ भनेर भत्काउन बनेको हो’, ओलीले भन्नुभयो एमालेले विकासको काम गरी रहको बेलो त्यसलाई रोक्न गठबन्धन बनेको उहाँले बताउनुभयो । एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताउनुभयो । गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएका भन्दै ओलीले आलोचना गर्नुभयो ।
सूर्यमा समेत कहिले काहीँ ग्रहण लाग्ने बताउँदै ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताउनुभयो । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।
ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने ओलीले बताउनुभयो । ‘नेकपा एमाले छ, यस देशमा त्यस कारण देश दुर्घटनामा जान पाउँदैन, यहाँ एमाले छ, नेपाली जनतालाई सचेत पार्ने पार्टी छ’, उहाँले भन्नुभयो । विश्व उपनिवेशसँग लडेका देश भक्त नागरिक रहेको नेपालको भविष्य तल माथि हनु नसक्ने ओलीले बताउनुभयो । नेपाली जनताको भावना सम्बोधन गर्ने देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
ओली विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गर्नुभयो । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उहाँले सुझाव दिनुभयो । अहिले गठबन्धनले क्षमता हरेर होइन गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको कारण देश उँधो गतिमा गएको उहाँले बताउनुभयो ।देशको रक्षा र विकासको लागि नै नेकपा एमाले बनेको उहाँले बताउनुभयो । देशको चौतर्फी विकासको लागि एमालेले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले २०८४ को निर्वाचनमा एमालेले सबै ठाउँमा जित्ने गरी तयारी गरिरहेको उहाँले बताउनुभयो ।ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो । यस काममा सरकार र बैङ्कहरूले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कृषि र पशुपालन तथा त्यसको आधुनिकीकरणबाट नै आर्थिक विकास गर्न सकिने ओलीले बताउनुभयो । धेरै देशले कृषिमा आधुनिकीकरण गरेर कृषि अर्थतन्त्र मजबुत बनाएका ओलीले उदाहरण दिनुभयो ।
आर्थिक क्षेत्रको नयाँ नयाँ पहिचान गर्न पनि त्यतिकै जरुरी रहेको ओलीले बताउनुभयो । उत्पादनलाई विविधीकरण गरी विश्व बजारमा बिक्ने उत्पादन तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : २०८०, १७ माघ बुधबार  ४ : १३ बजे

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी