२०८३, २२ आश्विन शुक्रबार

कोशी प्रदेशमा गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेकी कोइराला निर्वाचित

कोशी प्रदेशमा गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेकी कोइराला निर्वाचित


मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् । आज भएको निर्वाचनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी हुन् । एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४,९९२ मतभार पाइन् ।

कोशी प्रदेशमा नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार रुक्मिणी कोइरालालाई सत्ता गठबन्धनका तीन सांसदले मतदान गरेका छन् । विराटनगरमा भइरहेको मत गणनाअनुसार प्रदेश सांसदहरूतर्फ सत्ता गठबन्धनका तीन जनाको मत कोइरालालाई परेको हो । मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ ।

कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेका छन् । कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद छन् । कोइरालाले एमाले–राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानेकी हुन् । कोइरालाको पक्षमा ४९ जनाको मत खसेको छ । सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाएकी छन् । कोशीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन् ।

प्रकाशित मिति : २०८०, ११ माघ बिहीबार  ६ : १२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य