२०८२, १० फाल्गुन आईतबार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन


काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन्  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति हिजो सोमवारसम्म ४३ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेहरुमा अहिलेका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्य हुनुहुुन्छ ।

यस्तै, मध्यपश्चिम विश्वविद्यालयका अहिलेका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेल लगायतले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार आवेदनको मूल्याङ्कन गरेर केही दिनभित्रै सर्टलिस्ट अर्थात् अल्पसूची प्रकाशन हुनेछ । त्यसपछि विज्ञ समितिबाट अल्पसूचीमा परेका बीच प्रतिस्पर्धा गराएर एक जनालाई उपकूलपतिमा छनोट गरिनेछ ।

प्रकाशित मिति : २०८०, ९ माघ मंगलबार  १० : ३९ बजे

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)