२०८२, ४ फाल्गुन सोमबार

पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति

पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति


काठमाडौं । आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईका अनुसार समितिले प्रदेश नामको विरोधमा आन्दोलन गरिरहेको पहिचान पक्षधरसँग वार्ता गर्नेछ ।

१७ फागुनमा प्रदेशसभा बैठकले प्रदेशको नाम झकोशीञ राखेपछि पहिचान पक्षधर प्रदेश १ पुनस् नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलित छन् । वार्ता समिति संयोजक मन्त्री जबेगुले तत्काल समितिको बैठक बसेर निर्णय गरी आन्दोलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने बताए ।पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

शनिबारको मन्त्रीपरिषद् बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संशोधन स्वीकृत, केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० सिफारिस गर्ने र १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिक संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता राईले बताएका छन् ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : ३८ बजे

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी