२०८२, ३ कार्तिक आईतबार

थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला

थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला


काठमाण्डौ । थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला परेको छ । सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई दिएको अन्तरवार्तामा एक करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग क्षेत्रको बीचमा फैलिएको जानकारी दिनुभएको छ ।

फेला पारेका स्रोतबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेको र यसमा समय लाग्ने उहाँको भनाइ छ । लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने ब्याट्रीहरूको निर्माणका लागि प्रमुख तत्व हो ।

अबका दिनमा विद्युतीय गाडी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने थाइल्यान्डको लक्ष्यलाई यसले प्रवर्द्धन गर्ने अपेक्षा छ । पछिल्लो खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ । तर यसलाई व्यावसायिकरूपमा कति क्षमतामा प्रयोग गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : १८ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल